आज तमु ल्होसार पर्व, गण्डकी प्रदेशमा सार्वजनिक बिदा, मुख्यमन्त्रीद्धारा शुभकामना प्रदान

0

गैँडाकोट, पौष १५ । आज तमु ल्होसार अर्थात पुसे १५ । गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।

गुरुङ समुदायको विशेष पर्वको अवसरमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज शुभकामना सन्देश व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री गुरुङले गुरुङ समुदायको तमु ल्होसार, नेवार समुदायको योमरी पुन्हि र किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको हो ।

यो पर्वले नेपाली एकता थप मजवुद गराउन र नेपाली धर्म संस्कृती परम्पराको संरक्षण गर्न ठूलो भूमिका खेल्ने भन्दै पर्वको अवसरमा सुख शान्ति समृद्धिको कामना गर्नुभएको छ । त्यस्तै विजय एफएम संचालक संस्था विजय सुचना तथा संचार सहकारी संस्था लिमिटेडका अध्यक्ष भूमिराज चापागाईले पनि शुभकामना सन्देश दिँदै देशको अवस्था छिट्टै सहज र सरल साथै शान्तिपूर्ण होस् भन्ने कामना सहित गुरुङ समुदायको तमु ल्होसार, नेवार समुदायको योमरी पुन्हि र किराँत समुदायको उधौली पर्वको शुभकामना व्यक्त गर्नुभएको हो ।
त्यस्तै तमु ल्होसारका दिन आज सीमित व्यक्तिमाझ मनाउन आग्रह गरिएको छ यो पटक मुसा वर्गको बिदाइ र नयाँ वर्ग गाईको स्वागत गर्दैछन् । तमु ह्यल छोंजधि (गुरुङ राष्ट्रिय परिषद्) मातहतमा दर्जनौं संस्थाको सहभागितामा टुँडिखेलमा बृहत सांस्कृतिक प्रदर्शनी गर्ने गरिन्थ्यो ।

यो पटक टुँडिखेलमा तमु ल्होसारको कार्यक्रम नहुने र औपचारिक कर्यक्रम जुम प्रविधिबाट गरिने छोंजधिका अध्यक्ष रेशम गुरुङले जानकारी दिनुभयो । गएराति बाह्र बजे खेंगी गुरुहरूद्वा पूजा, बोन फाएर र रिपा लगाउने, आशिर्वाद ग्रहण गरी पुरानो वर्गको विदाइ र नयाँ वर्गको स्वागत गरिन्छ ।

परिषद्ले ल्होसारको मुख्य दिन आज अनलाइनबाट आयोजना गर्ने र उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिने , त्यसैगरी नेपाली कांग्रेस, जनता समाजवादी पार्टीका नेताले समेत शुभकामना दिने छन् । जुममार्फत् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तमु संघसंस्थाहरूबीच शुभकामना आदानप्रदान गरिने अध्यक्ष गुरुङले जानकारीदिनुभयो ।

No photo description available.

Share.

Leave A Reply