सकियो १५ दिने वाद्यवादन तालिम

0

हरि सुवेदी,गैडाकोट,नवलपुर । गैडाकोट ६ महिला सञ्जालद्धारा आयोजित १५ दिने वाद्यवादन तालिम आज सकिएको छ ।

२६ जना महिलाहरुको सहभागिता रहेको कार्यक्रममा मादलका विभिन्न तालको बारेमा आशा प्रधानले प्रशिक्षण दिनुभएको थियो दुई समुहमा विभाजन गरि सञ्चालन गरिएकोे तालिम सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि गैडाकोट ६ का वडा अध्यक्ष लक्ष्मी प्रसाद सापकोटाले सिकेको सीप आफ्नो समुह मा पनि सिकाउन र व्यवहारमा प्रयोग गर्न आग्रह गर्नुभयो ।


हिन्दु धर्मालम्बीहरुको रिथिरिवाज संस्कृति जोगाउन मादलको पनि प्रमुख भूमिका हुने हुँदा तालिम थप महत्वपूर्ण रहेको उहाँको तर्क थियो । साथै उहाँले सीपलाई आयआर्जन संग जोडन आग्रह गर्नुभयो ।

तालिममा सहभागीहरुका तर्फ बाट सिर्जना थापा लाई सम्मान गरिएको थियो भने सहभागीहरु बाटनै प्रथमस्थान हासिल गर्ने भिम कुमारी,दोस्रो हुने इन्दु सुवेदी र तेस्रो हुने लक्ष्मी कंडेललाई पनि सम्मान गरिएको थियो ।

विजयनगर खानेपानीको सभाहलमा भएको कार्यक्रमको महिला सञ्चालकि अध्यक्ष इन्दिरा खनालको सभापतित्वमा सम्पन्न भएको थियो । पार्वती सापकोटाले सहजिकरण गर्नुभएको कार्यक्रममा पवित्रा अधिकारी ,कल्पना परियार, मायादेवि ठकुरी , निर्मला भुसाल लगायतको सहभागीता रहेको थियो ।

Share.

Leave A Reply