प्रतिनिधिसभा विघटन अलोकतान्त्रीक र असवैधानिक : काँग्रेस महामन्त्री कोइराला (फोटो फिचर सहित)

0

डोलराज रानाभाट, गैँडाकोट, पौष १३ । नेपाली काँग्रेसका महामन्त्री डा शसाक कोइरालाले प्रतिनिधि सभा विघटन अलोकतान्त्रीक र असंवैधानिक कदम भएको बताउनुभएको छ । प्रधामन्त्री केपी शर्मा ओलीले आफू प्रधामन्त्री भएपछि जे पनि गर्न पाउँछु भन्ने अहंकारले संविधानमै नभएको धारालाई आफूखुसी व्याख्या गरेर देशलाई वर्वादीतर्फ धकेलेको कोइरालाको आरोप थियो ।


नेपाली काँग्रेस नवलपुर क्षेत्रनम्वर १ को आयोजनामा आज गैँडाकोट २ मा भएको विरोध र्यालीमा बोल्दै महामन्त्री कोइरालाले यसअघिका संविधानमा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार दिँदा अस्थिर वनेपछि त्यसलाई सुधार गरेरै संविधानमा प्रतिनिधि सभा भंग गर्ने अधिकार कटौती गरेको बताउनुभयो ।

तर ओलीले संविधान विपरीत काम गरेर संविधानकै खिल्ली उडाएको उहाँको भनाई थियो । लाखौँ जनताको त्याग र बलिदानबाट आएको संविधानको रक्ष गर्ने जिम्मा नेपाली काँग्रेसको भएकाले कोरोना महामारीमा पनि सडकमा आउनुपरेको कोइरालाले बताउनुभयो ।


गिरीजाप्रसाद कोइरालाको नेतृत्वमा रहेको सरकारको तीन वर्ष स्वर्ण युगा रहेको भन्दै अहिलेको सरकारले ढुँगा समेत नउचालेको उहाँको आरोप थियो । त्यस्तै उहाँले आगामी निर्वाचनमा काँग्रेसले जित हासिल गर्ने भन्दै यो विरोध सभा चुनावी तयारीको चरण समेत भएको बताउनुभयो । कोरोनाको समय मास्क किन्दा समेत भ्रष्टचार गरेको अहिलेको सरकारले देश र जनतालाई निकास नदिने उहाँको भनाई थियो ।


कार्यक्रममा गण्डकी प्रदेश सदस्य कृष्णचन्द्र नेपाली, ओमकला गौतम, संविधान सभा सदस्य महेन्द्रध्वज जिसि, जिल्ला सचिव वालकृष्ण घिमिरेले लगायतले सम्वोधन गर्दै ओली सरकारको असंवैधानिक कदमका विरुद्ध कडा रुपमा उत्रने चेतावनी दिनुभयो । ओलीले चालेको कदमको जिम्मेवारी प्रचण्ड माधव नेपाल झलनाथ खनालले पनि लिनुपर्ने भन्दै अदालतको फैसलापछि आगामी कार्यक्रम तय हुने भन्दै गणतन्त्र विरोधी ओलीबाट देशको रक्षा हुन नसक्ने उहाँहरुको तर्क थियो ।

कार्यक्रममा काँग्रेस पार्टी प्रवेश गर्नेहरुको भीड नै लागेको थियो । क्षेत्रीय सभापति द्रवण वनको साभपतित्वमा भएको विरोध सभाको संचालन क्षेत्र १ का सचिव विष्णु कडेँलले गर्नुभएको थियो । कार्यक्रमममा प्रदेश क्षेत्रननम्वर १ क का सभापति खेम सापकोटाले स्वागत मत्वन्य राख्नुभएको थियो । सभा अघि काँग्रेस चोकबाट नारा जुलुस सहित र्याली निस्किएको गैँडाकोट ५ का सभापति गोविन्द घिमिरेले जानकारी दिनुभयो ।

 

Share.

Leave A Reply