बन्ने भयो गैँडाकोट १३ मा वास्तुकलाले भरिएको ढुँगाबाट शिव मन्दिर, आज शिलान्यास

0

डोलराज रानाभाट,

गैँडाकोट, पौष १३ । करिव ८ सय बर्षअगाडि बनेर भग्नावशेष रहेको गैँडाकोट १३ को कैलास सन्यास आश्रममा शिखर शैलीको शिव मन्दिर पुन निर्माण हुने भएको छ ।

मन्दिरको आज नेपाल सरकार पुरातत्व विभागका वरिष्ठ इन्जिनियर पूर्ण वहादुर श्रेष्ठ र गैँडाकोट १३ का वयोवृद्ध ९१ वर्षीय तुलसीराम पौडेलले संयुक्त रुपमा शिलान्यास गर्नुभएको कैलास सन्यास आश्रम महादेव स्थानका अध्यक्ष पुण्यप्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार गजुर छोडेर ५१ फिट उचाईको शिखर शैलीमा शिव मन्दिर निर्माण हुनेछ । मन्दिर भित्र पुरानो शिव लिँग राखिने छ । तर वाहिर भने २०७०/०७१ सालतिर उत्खनन गरी निकालिएका वास्तुकलाले भरिएका १४ सय ढुँगै ढुँगा राखिने छ ।

त्यस्तै अपुग हुने ढुँगाहरु पनि ल्याइसकिएको छ । पछिल्लो समय १६ टिप्पर ढुँगा ल्याएर कालिगढहरुले विभिन्न मुर्तिहरु कुँदेको र सोही बास्तुकलाका ढुङ्गै ढुँङ्गाको मन्दिर निर्माण हुने भएको हो पुरातत्व विभागका अनुसार नेपाल सरकारको ७ करोड ६८ लाख ५४ हजार १११ रुपैयाको लागतमा उक्त मन्दिर निर्माण हुनेछ । विगत ३ वर्षमै उक्त बजेट निकासा भएपनि काम पोहोरबाट सुरु भएको थियो । तर कोरोनाका कारण ८, ९ महिना रोकिएको कामलाई अव तिव्रता दिने बरिष्ठ इन्जिनियर श्रेष्ठले बताउनुभयो ।

३ वर्षमा निर्माण सकिने लक्ष्य भएपनि अवको दुई वर्षमा ७० प्रतिशत काम सक्ने र त्यसपछि मन्दिरलाई पूर्णता दिइनेछ । यस अघि पुरातत्व विभाग आफैले त्यहाँ उत्खनन् गरेको थियो । सो क्रममा त्यहाँ भेटिएका प्रमाणका आधारमा यो शिव मन्दिर भएको र शिखर शैलीमै बनेको टुँगोमा पुगेका थिए । भारतको गुजरातमा यही प्रकारका वास्तुकलाका ढुँगाले मन्दिर बनेको र उडिसामा पनि अझै सो शैलीको मन्दिर रहेका कारण त्यही आधारमा यहाँ पनि शिखर शैलीको शिव मन्दिर निर्माण गर्ने टुँगोमा पुगिएको मन्दिरका अध्यक्ष घिमिरले जानकारी दिनुभयो ।

करिव ८ सय वर्ष अघि ती मन्दिर बनेका थिए । तर मन्दिर कसरी भत्कियो भन्ने कुरा भने अझै पत्ता लागेको छैन । मन्दिर निर्माणले पूर्णता पाएपछि गैँडाकोटको मुहार फेरिने अध्यक्ष घिमिरेको दावी छ । यो मन्दिर वनीसकेपछि अगाडी कलकल बगेको नाराणी नदी हेर्ने र नुहाउने, पश्चितर्फ चितवन राष्टिय निकुञ्जको भुगोाल अवलोकन गर्न सकिने साथै पूर्व पश्चिम राजमार्गबाट ८ सय मिटर नजिकमा रहेका कारण पनि यो ठाउँ विशेष र चर्चित हुने स्थानीय लुकुश धितालको भनाई रहेका छ ।

ठूला ठूला हजार वर्ष पुराना सालका रुखहरु पनि देख्न सकिने, विभिन्न किसाीमका जडिवुटी रक्तचन्दन, हरो, वरो, साथै धार्मिक ऐतिहासिक र प्राकृतिक पर्यटन क्षेत्रको रुपमा विकास हुने धितालले बताउनुभयो । मन्दिरका अध्यक्ष घिमिरेका अनुसार कैलास सन्यास आश्रम गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले गन्तव्यको रुपमा घोषित गरिसकेको क्षेत्र हो । सो वापत प्राप्त ४० लाखले नारायणी नदीको तटवन्ध गरि मन्दिर तर्फ गहिरीएको नदीको वहावलाई छेक्ने काम गरिएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।

मन्दिरको नाउमा २ विघाको लालपुर्जा र तारवार गरी संरक्षण गरिएको साँढे २ विघा गरी कुल साँढे ४ विघा क्षेत्रफल रहेको आश्रम ऐतिहासिक महत्वले पूर्ण भएपनि प्रचारप्रसारका कारण ओझेलमा छ । अहिले पनि उक्त क्षेत्रमा हिन्दु धर्मालम्वीका लागि आवश्यक पर्ने कर्महरु हुने गर्दछ । विवाह व्रतवन्ध, रुद्राक्ष लगायतका कार्यहरु अहिले भइरहने गर्दछन् । पछिल्लो पटक नारायणीमा आएको बाढीले मन्दिर तर्फ गहिरो बनाउँदा संरक्षणमा चुनौति थपिएको बताउँदै मन्दिरका अध्यक्ष घिमिरेले यसको संरक्षण सँगै प्रचारप्रसारमा जुट्न सवैलाई आह्वान गर्नुभयो । आज शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि, वुद्धिजिवि, सामाजिक व्यक्तित्व सहित स्थानीयको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply