सर्वोच्चको आदेश पर्खिएका छौँ तर चुनावको विकल्प छैन : काँग्रेस नेता रिजाल

0

गैँडाकोट, पौष १३ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले अव चुनावमा जानुको विकल्प नभएको बताउनु भएको छ । विजय एफएमको कार्यक्रम आजको सवालमा कुराकानी गर्दै उहाँले घोषित चुनावमा गएर नयाँ जनादेश सहित देश चलाउन उपयुक्त हुने बताउनुभयो ।

नेता रिजालले भन्नुभयो,“यो केन्द्रीय समितिधो धारणा होइन । तर मेरो व्यक्तिगत धारणामा अहिले चुनावनै उत्तम विकल्प हो । यद्यपी सर्वोच्चको आदेश पर्खिएका छौँ । ”

उहाँले यदी संसद पुनस्थापना भएपनि सरकार संचालनका लागि पर्याप्त मत प्राप्त नहुने र अन्तत पुन निर्वाचनमै जानु पर्ने अवस्था आउने भन्दै उहाँले त्यो भएका कारण अहिले नै चुनावमा जाँदा राम्रो हुने तर्क गर्नुभएको हो । नेकपा दुई भागमा विभाजन भइसकेको र नेपाली काँग्रेस कुनै पनि हालतमा सरकारमा नजाने भन्दै नेता रिजालले यही कारण संसद पुनस्थापना भएपनि सरकार वन्ने अवस्था नहुने र अन्तत पुन चुनाव हुने दावी गर्नुभयो ।

नेता रिजालले प्रधानमन्त्री ओलीले चालेको कदम अहिलेको नयाँ संविधान विपरीत भएको प्रष्ट पार्नुभयो ।

तपाइकै पार्टीका नेतृत्वले पनि त संसद विघटन गरेकै थिए फेरि अहिले कसरी असंवैधानिक भयो ? भन्ने प्रश्नमा नेता रिजालले भन्नुभयो,“पहिला प्रधानमन्त्री संसद विघटन गर्न पाउने उल्लेख थियो तर अहिले त्यो अधिकार नै छैन । त्यसैले यो असंवैधानिक कदमको आज हामी देशभर प्रदर्शन गर्दैछौँ । जनतालाई ओलीको गलत कदम बुझाउँदै विरोध गर्नेछौँ ।”

 

सुन्नुहोस अन्तरवार्ता

Share.

Leave A Reply