गैंडाकोट ३ मा न्यायीक सचेतना कार्यक्रम सम्पन्न

0

इन्द्रज्योति पोखरेल, पौष १२, गैँडाकोट । गैँडाकोट नगरपालिका वडानम्वर ३ मा न्यायीक सेचतना कार्यक्रम आज सम्पन्न भएको छ ।

देउराली सामुदायिक वनको सभाहल मा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि गैंडाकोट नगरपालिका न्यायीक समिति संयोजक एवम उपप्रमख बिष्णु कुमारी कंडेल सापकोटा रहनुभएको थियो । उहाँले यो कार्यक्रम ०७६÷०७७को कार्यक्रम भएता पनि कोराना भाइरसले गर्दा केही समय पछिलाई आयोजना गर्न बाध्य रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै उहाँले मेलमिलापकर्ताले आफ्नो सामुदायमा भएका घटनाको निष्पक्ष रुपमा मिलाउने काम गर्न सुझाव दिनुभयो । गैंडाकोट नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष शिवकान्त तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गैंडाकोट नगरपालिका प्रशासकीय अधिकृत पुष्पराज शर्माले गैंडाकोट ३ का आमा समुहका १०० जना महिलालाई प्रशिक्षण दिनुभएको थियोे ।

कार्यक्रममा गैंडाकोट नगरपालिका न्यायीक समिति सदस्य सुरेन्द्र रेग्मी,,न्यायीक समिति सदस्य छबिकला पाण्डेले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सहजीकरण इश्वरि प्रसाद आचार्यले गर्नुभएको थियोे । कार्यक्रममा गैंडाकोट ३ का मेलमिलाप कर्ता कृष्ण बहादुर बि.क,खडक बहादुर सुनारी,सुर्यमाया दर्लामी पनि उपस्थिति रहेको थियोे

Share.

Leave A Reply