प्रथम ल्होसार कप खुल्ला फुटसल गैँडाकोटमा सुरु, आज ६ खेल सम्पन्न

0

डोलराज रानाभाट,गैँडाकोट, पौष १२ । एकता तमु गुरुङ समाज गैँडाकोट ४ को आयोजनामा प्रथम ल्होसार कप खुल्ला फुटसल नकआउट प्रतियोगिता सुरु भएको छ । ल्होसार पर्वको पूर्वसन्ध्यामा आयोजिक प्रतियोगिताको प्रमृुख अतिथि गैडाकोट ४ का वडाअध्यक्ष कृष्ण न्यौपानले उद्घटान गर्नुभएको थियो ।

उहाँले यसरी आयोजना हुने प्रतियोगिताका कारण दक्ष खेलाडी उत्पादनमा सहयोग पुग्ने बताउनुभयो ।गैँडाको क्षेत्रीय रंगशालामा खेल सुरु भएको हो ।

कार्यक्रमका सभापति एवम समाजका अध्यक्ष धनवहादुर गुरुङले चाडपर्वसँगै रमाइलो र स्वास्थ्यका लागि खेल प्रभावकारी भएकाले आयोजना गरेको बताउनुभयो । साथै कोरोनाले ठप्प रहेका खेलकुदका गतिविधि चलायमान गराउन र खेलको माध्यमबाट गैँडाकोटलाई चिनाउन पनि समाजले यो प्रतियोगिताको आयोजना गरेको उहाँले बताउनुभयो ।

प्रतियोगितामा नवलपुर, चितवन, तनहुँ, लमजुङबाट गरी २४ टिमको सहभागीता रहेको छ । कार्यक्रममा समाजका पूर्व अध्यक्ष टेकहावदुर गुरुङ, वीरवहादुर गुरुङ लगायतको उपस्थिती रहेको थियो ।

फुटसल छोटो समयमा थोरै खेलाडीवीच खेल्न सकिने भएकलो कोरोको कहरमा यो प्रभावकारी प्रतियोगिता भएको गैडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिनुभयो । साथै कार्कीले फुटसलको मैदान निर्माणका लागि नगरप्रमुख उपप्रमुसँग पहल भइरहेको बताउनुभयो । आजबाट सुरु भएको प्रतियोगिता पौष १५ गते सकिने छ ।

 

आज पहिलो दिन ६ वटा खेल सम्पन्न भएका छन् । एकता तमु समाज गैडाकोट, गौरीगन्ज फुटवल क्लव चितवन, गितानगर, ढोडेनी, जु फुटवल क्लव जुगेडी र भानु फुवटल क्लव कावासोती विजय भएको खेल संयोजक मोहीत गुरुङले जानकारी दिनुभयो । भोलि ७ वटा खेल हुने उहाँको भनाई छ । प्रतियोगितामा प्रथम हुनेलाइ २० हजार र दोस्रो हुनेलाइ १० हजार नगद मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। खेल गण्डकी प्रदेशकै एकमात्र फुटसलका राष्ट्रिय रेफ्री सुमन घिमिरे रहनुभएको छ ।

Share.

Leave A Reply