गैंडाकोट स्वाभिमान साकोसको अध्यक्षमा पोषणराज सुवेदी चयन

0


प्रेम क्षेत्री
पुस १२, गैंडाकोट । गैंडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८ औं साधारण सभाले सर्वसम्मत नयाँ सञ्चालक समिति चयन गरेको छ ।
सञ्चालक समितिको अध्यक्षमा पोषणराज सुवेदी चयन हुनुभएको छ । समितिको उपाध्यक्षमा विष्णु पौडेल, सचिवमा कुलप्रसाद पाण्डे, कोषाध्यक्षमा शान्ती सापकोटा, सह सचिवमा केशवराज शर्मा चयन हुनुभएको निर्वाचन समिति संयोजक सुरेश पण्डितले जानकारी दिनुभयो । त्यस्तै सञ्चालक सदस्यहरुमा धनबहादुर पौडेल, बाबुराम खनाल, शकुन्तला तिवारी, राधा लामिछाने, रोशन सापकोटा, नरहरि सापकोटा, निर्मल न्यौपाने र मेघनाथ पौडेल रहनुभएको छ ।
लेखा तथा सुपरिवेक्षण समिति संयोजकमा गोविन्द सुवेदी चयन हुनुभएको छ । सदस्यहरुमा नारायण सुवेदी र प्रमिला सापकोटा रहनुभएको छ । उहाँहरुले आज नै सपथ ग्रहण गर्नुभएको छ । निर्वाचन समिति संयोजक सुरेश पण्डित, सदस्य लिलाराम कंडेल र पुर्णनारायण प्रधान रहेको समितिले नयाँ समिति सर्वसम्मत चयन गरेको हो ।


यसअघि संस्थाको २८ औं वार्षिका साधारण सभा निर्णय प्रमाणिकरण तथा समापन समारोहमा बोल्दै प्रमुख अतिथि गैंडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले सहकारी अब उत्पादनमुलक तथा उद्यम विकासतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले गैंडाकोट स्वाभिमान नगरकै उत्कृष्ट सहकारी समेत रहेको बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि गैंडाकोट १ का वडा अध्यक्ष हरिप्रसाद सापकोटा, गैंडाकोट २ का वडा अध्यक्ष ध्रुवराम पौडेल, पूर्व अध्यक्ष एवम् सामाजिक विकास तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रेमबहादुर गुरुङ, पूर्व अध्यक्ष वेदप्रसाद गौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थाको प्रगतिको कामना गर्नुभयो । कार्यक्रममा उत्कृष्ट कर्मचारी बचत सहायक शारदा कंडेल लगायत विभिन्न विधामा डेढ दर्जन सदस्यलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष देवराज पौडेलले आफ्नो कार्यकालमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सबैलाई साथ र सहयोग दिन आग्रह गर्नुभयो । संस्थाका सचिव विष्णु पौडेलले सहजिकरण गर्नुभएको सो कार्यक्रममा उपाध्यक्ष पोषणराज सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । संस्थाले यसअघि गत ६ गतेदेखी साधारण सभाका विभिन्न कार्यक्रम गर्दै आएको थियो ।

Share.

Leave A Reply