कारागारबाटै भागेका श्रेष्ठ पक्राउ

0

चितवन, पौष १२ । गत मंसिर ११ गते कारागार कार्यालय भतरपुर चितवनबाट भागेका एक व्यक्ति पक्राउ परेका छन् ।

जवरजस्ती करणी उद्योग कसूरको पुर्पक्षमा साउन २० गते देखि कारागारमा रहेका कालिका नगरपालिका वडा नम्वर २ बस्ने बर्ष ४५ का रेशम लाल श्रेष्ठलाई पक्राउ गरिएको हो । करिव साँझ ५ बजेर १५ मिनेटको समयमा उनी कारागार कार्यालय भरतपुर १० चितवन परिसरवाटै भागी फरार भएका थिए । फरार हुनासाथ प्रहरी उपरीक्षक नान्तीराज गुरुङसहितले टोलीले खोजी कार्य तिव्र पारेको थियो ।

उनी पौष १० गते बेलुकी साँढे ६ बजेको समय जिल्ला तनहुँ देवघाट गाउँपालिका वडा नम्वर ५ कालिमाटी स्थित जंगलमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । श्रेष्ठलाई आवश्यक कारबाहीको लागी कारागार कार्यालय चितवनमा बुझाउने प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply