कर्मचारी वचत तथा ऋण सहकारीको १० औँ साधारण सभा सम्पन्न

0

गैँडाकोट, पौष ११ । कर्मचारी वचत तथा ऋण सहकारी संस्था लिमिटेड भरतपुर चितवनको १० औं साधारणसभा सम्पन्न भएको छ ।

२०६८ सालमा डिभिजन सहकारी कार्यलयमा २६ जान शेयर सदस्य मिलेर खोलिएको उक्त सहकारीको कुल पुंजी रु ७५ लाख ७५ हजार ९२६ रहेको कोषाध्यक्ष विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

सचिव रमा आचार्यले प्रतिवेदन पेश गर्दै हाल १५६ जना सेयर सदस्यहरु रहेको जानकारी दिनुभयो । आजको साधारणसभाले रु दुई लाख सम्म ) विना धितो ऋण लगानी गर्ने प्रस्ताव पारित गरेको छ ।

संस्थाका अध्यक्ष कृष्णप्रसाद पराजुलीको सभापतित्वमा सम्प्न्न कार्यक्रम जिल्ला सहकारी संघ लि चितवनका वरिष्ठ उपाध्यक्ष भक्तिराम अधिकारीको प्रमुख आत्थित्यतामा सम्पन्न भएको हो ।

कृषि ज्ञान केन्द्र चितवनको शभाहलमा सम्पन्न कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन संघ का केन्द्रीय सदस्य मनराज वस्ती, निजामती कर्मचारी हरुको आधिकारिक ट्रेड युनियन चितवनकाका उपाध्यक्ष कृष्णहरि पण्डित, लेखा समितिका संयोजक केसव सुवेदी, भक्तिराम अधिकारी , हरि प्रसाद गौतम समेतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । उपाध्यक्ष रन्जना पौडेलले स्वागत गर्नु भएको कार्यक्रम सचिव रमा आचार्यले संचालन गर्नुभएको थियो ।

Share.

Leave A Reply