निकेश बाबु कंडेल प्रतिस्ठान स्थापना, एम्बुलेन्स खरिद गरिने

0

गोमा शर्मा, पौष ११, गैंडाकोट । सरस्वती निकेतन आवासीय माविका पूर्व विद्यार्थी स्वर्गीय निकेश बाबु कंडेलको स्मृतिमा निकेश बाबु कंडेल प्रतिस्ठान स्थापना गरिएको छ । विद्यालय व्यबस्थापन समितिका अध्यक्ष मोतिचन्द्र चालिसेको अध्यक्षतामा भएको स्व. कंडेलको १३ औँ दिनको पुण्य तिथिका दिन आयोजित श्रद्धाञ्जली कार्यक्रममा सो जानकारी दिईएको हो ।

सो अवसरमा नेपाल राष्ट्रिय शम्सेर आर्दश माविका छात्र छात्रालाई प्रति विद्यार्थी ५ हजारका दरले ३० हजार, नवदुर्गा आधारभुत विद्यालयका छात्र छात्रालाई प्रति विद्यार्थी ५ हजारको दरले ३० हजार, गैँडाकोट धारापानी बराही मन्दिरलाई ३० हजार, बाल सञ्जाल गैंडाकोट वडा न. १ लाई ३० हजार र भारद्वाज कुल कंडेल मन्दिरलाई ५१ हजार गरि १ लाख ७१ हजार सहयोग गरिएको थियो ।

प्रतिष्ठानले एम्बुलेन्स खरिद गर्ने र सो कार्यकालागि परिवारजनले वार्षिक पुण्य तिथिमा ४ लाख ५१ हजार दिने कार्यक्रम सहजिकरण गर्नुभएका गणेश सापकोटाले जानकारी दिनुभयो । सापकोटाले प्रतिष्ठानलाई ५१ हजार सहयोग गर्ने घोषणा गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोति चालिसेले निकेश बाबु कंडेल स्मृती प्रतिस्ठानलाई व्यक्तिगत रुपमा १५ हजार सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।

सो अवसरमा उपस्थित गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले कंडेल परिवारले सामाजिक काममा गरेको सहयोग महत्त्वपूर्ण रहेको बताउँदै आफुले गर्नुपर्ने सहयोगका लागि तयार रहेको बताउनुभयो । विद्यालयका प्राचार्य भरतबाबु कंडेल र चोक्षादेवी देवकोटा कंडेलका सुपुत्र निकेश बाबु कंडेलको २५ वर्षको उमेरमा निधन भएको थियो ।

Share.

Leave A Reply