मुकुन्दसेन वनको साधारण सभा सकियो, नयाँ नेतृत्व चयन हुँदै

0


प्रेम क्षेत्री,
पुस ११, गैंडाकोट । मुकुन्दसेन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट १० को १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार समूहको कार्यालय परिसरमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले सामुदायिक वनका कार्यक्रम अब रोजगारमुलक हुनुपर्ने बताउनुभयो । उहाँले सामुदायिक वनले स्थानीय विकासमा भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै राजनीतिक पूर्वाग्रहबिना काम गर्ने वातावरण बनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष खगराज सापकोटाले वनको विकास र व्यवस्थापनका लागि स्थानीय वन नीति आवश्यक रहेकाले त्यतातर्फ जोड दिनुपर्ने बताउनुभयो । त्यस्का लागि महासंघले समन्वय गर्ने बताउँदै स्थानीय निकायले ध्यान दिनुपर्ने बताउनुभयो । वैज्ञानिक भन्दा पनि दिगो वन व्यस्थापन तर्फ सामुदायिक वन लाग्नुपर्ने बताउनुभयो ।


कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरका अध्यक्ष ठाकुरप्रसाद पाण्डेले यहाँको पर्यटन क्षेत्रको विकास गर्न सके आम्दानीको स्रोत वढाउन सकिने बताउनुभयो । सरकारले वन पैदावरमा लगाएको प्रतिवन्धले समूहका गतिविधी ठप्प भएको बताउँदै यसलाई फुक्का गर्न माग गर्नुभयो ।
वनका निवर्तमान अध्यक्ष एवम् सल्लाहकार तथा गैंडाकोट १० का अध्यक्ष देविदत्त कंडेलले नाङ्गा डाँडा र चितवनतर्फ चोरी निकासी हुने स्थानलाई संरक्षण गरेर हरियाली बनाएको प्रसंग जोड्दै यसका लागि उपभोक्ताको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो ।
सव डिभिजन वन कार्यालय गैंडाकोटका प्रमुख, सहायक वन अधिकृत सुर्यसिंह गुरुङ गरिबि न्युनीकरणका लागि जीविकोपार्जन कार्यक्रम, महिला शसक्तिकरण र वन उद्यमका कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न उहाँको सुझाव छ ।


वनका संस्थापक अध्यक्ष चन्द्रदत्त जैसी, गैंडाकोट १० का वडा सदस्य कृष्णप्रसाद सापकोटा, स्थानीय महासंघका सचिवालय सदस्य सुरेन्द्र ढुङ्गाना, नन्दन वनका अध्यक्ष घनश्याम कंडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष एवम् वनका अध्यक्ष रुद्रप्रसाद अधिकारीले तीन वर्षे कार्यकालमा वनको संरक्षण, गरिब विपन्नका लागि शिक्षा, स्वास्थ्य, खानेपानी र जीविकोपार्जन सुधारका कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।
वनका सचिव निर्मला कंडेलले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा पिकनिक स्पोर्ट निर्माण, मुकुन्दसेन पार्क, निर्माण, मुकुन्दसेन दरबारलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गरिने लगायतका कार्यक्रम गरिने बताउनुभयो । सह सचिव एवं कार्यवाहक कोषाध्यक्ष ओमप्रसाद निउरेले १ करोड १० लाख ३३ हजार ८ सय ९० रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो ।


लेखा संयोजक वासुदेव गैरेले लेखा प्रतिवेदन प्रस्तुत गर्दै गतवर्ष १२ लाख ४७ हजार ५ सय ५८ मुनाफा गर्न सफल भएको बताउनुभयो । अनुगमन तथा मूल्याङ्कन समितिको प्रतिवेदन संयोजक डिल्लीराम रेग्मीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उपाध्यक्ष वेदप्रसाद कंडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा पूर्व अध्यक्ष चेतनारायण न्युरेलाई अभिनन्दन गरिएको थियो ।
कार्यक्रममा नारायणी वनका अध्यक्ष दिनानाथ त्रिपाठी, भेडाबारी वनका अध्यक्ष गुरुप्रसाद पौडेल, मौलाकाली वनका अध्यक्ष काशिनाथ कंडेल लगायत स्थानीय विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
४९५.२९ हेक्टर क्षेत्रफलमा फैलिएको वनमा ९५२ उपभोक्ता घरधुरी सदस्य रहेको वनका कार्यालय सचिव धनमाया श्रेष्ठले जानकारी दिनुभयो ।
साथै संस्थाको आठौं अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै छ । सो का लागि सर्वसम्मत रुपमा गठन गर्न छलफल चलिरहेको छ ।

Share.

Leave A Reply