सहयात्री सहकारीको २५ औँ साधारण सभा सम्पन्न

0

पवित्रा पराजुली,गैंडाकोट, १० पुस । सहयात्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औं साधारण सभा सम्पन्न भएको छ ।

सहयात्री साकोसका अध्यक्ष लक्ष्मण ओझाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष चोलानाथ उपाध्याय प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रमा बोल्दै उपाध्यायले संचालक समितिले संस्थालाई चलायमान बनाउने भूमिका खेलेपनि संस्थाको उन्नती र प्रगतिका लागि कर्मचारीहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । प्रमुख अतिथि उपाध्ययले स्थानिय, प्रदेश तथा ज्ञान केन्द्र आदिले व्यक्तिगत भन्दा समुहलाई छिटो र सहुलियतपूर्ण लगानी र अनुदान समेत दिने हुँदा संस्था दर्ता गरेर समूहमार्पmत व्यवसाय गर्न आव्हान गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बिशिष्ठ अतिथि तथा नगरपालिकाका सहकारी प्रमुख देवेन्द्र गौतमले सहकारी संस्थाहरुलाई सरकारका तर्पmबाट ब्यबहारमा आवश्यकता अनुसारको सहयोग गर्न नसकिएको तर्क राख्दै आगामी दिनहरुमा नगरपालिकाले स्थानिय सहकारी संस्थाहरुसँग पनि सहकार्य गरेर महत्वपूर्ण कामहरु गर्ने योजना बनाएको जानकारी दिनुभयो ।

 

कार्यक्रमको अध्यक्षता गर्नुभएका संस्थाका अध्यक्ष लक्ष्मण ओझाले सहकारीमा ६–६ महिनामा सरकारले नीति तथा कार्यक्रमहरु परिवर्तन गरिरहने हुँदा सहकारीमा सँधै सिक्नुपर्ने र त्यसका लागि सबैको सहयोगको अपेक्षा राख्नुभएको थियो ।
कार्यक्रममा अर्का बिशिष्ठ अतिथि तथा गैंडाकोट दुग्ध उत्पादन तथा बितरण सहकारी संस्थाका अध्यक्ष खगराज सापकोटाले अवका दिनहरुमा सहकारीहरुले लगानी गर्दा कृषकमुखी भएर किफायती दरमा ऋण प्रवाह गर्नुपर्ने बताउनुभयो ।

सचिव बेदप्रसाद चालिसेको आर्थिक वर्ष २०७६÷७७ को प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०७७/७८ को प्रस्तावित नीति तथा कार्यक्रमलाई संस्थाका व्यवस्थापक कृष्णप्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदनमा संस्थाको संस्थागत पूजीँ ५९ लाख ४२ हजार ८ सय ७२ रुपियाँ पुगेको र चालु आर्थिक वर्षमा संस्थाको कुल निक्षेप ७ करोड २६ लाख ४ हजार ३६ रुपियाँ पुगेको जानकारी गराईएको छ ।
कार्यक्रममा संस्थाकी कोषाध्यक्ष सावीत्री खवासले गत वर्षको आर्थिक बिवरण र चालु वर्षको वार्षिक लक्ष्य तथा बजेट प्रस्तुत गर्नुभएको थियो । त्यस्तै लेखा सुपरिवेक्षण समितिका तर्पmबाट संयोजक होमनाथ सापकोटाले समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
ऋण उपसमितिको प्रतिवेदन समितिका सदस्य राजेन्द्र पौडेलले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष गोविन्द सापकोटा र सेयर सदस्यहरुका तर्पmबाट प्रेमप्रसाद सापकोटाले पनि आफ्ना भनाईहरु राख्नुभएको थियो ।
संस्थाका उपाध्यक्ष भिमप्रसाद सापकोटाले मन्तब्य मार्पmत स्वागत गर्नुभएको २५ औं वार्षिक साधारण सभाको सहजिकरण सदस्य राजेन्द्र पौडेलले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै हरिश चन्द्र पराजुलीले असल ऋणीको रुपमा सम्मान भएकोमा निकै खुशी लागेको बताउनुभयो ।

Share.

Leave A Reply