जनप्रतिनिधि मल्लको तलव सामाजिक कार्यमा, ६० जना बालबालीका लाई सुईटर र टोपी बितरण

0

पबित्रा पराजुली, पौष १०, गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नम्बर १६ का वडा सदस्य विनोद कुमार मल्लले गैँडाकोट १५ मा रहेको बाल उदय आधारभूत बिद्यालयमा न्यानो सुईटर र टोपी बितरण गर्नुभएको छ ।

गरिब तथा जेहेन्दार ६० जना बिद्यार्थीलाई उहाँले सुईटर र टोपी बितरण गर्नुभएको हो । राज्यबाट प्राप्त हुने रकमलाई आफूले खर्च नगरि समाजसेवामा खर्च गरेको बताउँदै उहाँले यो जाडोमा आफूले गरेको सहयोगले पढाईमा पनि थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै बाल उदय आधारभूत बिद्यालयका निर्वतमान अध्यक्ष बृद्धिप्रसाद सापकोटाले उहाँजस्तै सहयोगी हात बाटनै बिद्यालयले अहिलेको स्थान पाउन सफल भएको भन्दै धन्यवाद दिनुभयो ।

बाल उदय आधारभूत बिद्यालयमा हाल ९९ जना बिद्यार्थी अध्ययनरत छन् । बिद्यालयका प्रध्यानध्यापक रामप्रसाद लम्सालले सहजीकरण गर्नुभएको कार्यक्रममा समाजसेवी कुलराज सुवेदी ,योगेन्द्र कोइराला ,श्याम वन गणेश कोईराला लगायतको उपस्तिथी रहेको थियो ।

Share.

Leave A Reply