देउराली सामुदायिक वन ढोडेनीको साधारण सभा सम्पन्न

0


प्रेम क्षेत्री
पुस १०, गैंडाकोट । देउराली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट ३ ढोडेनीको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार समूहको कार्यालय परिसरमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिभिजन वन कार्यालय नवलपुरका प्रमुख डिभिजनल वन अधिकृत मोहनराज काफ्लेले वनको संरक्षण र व्यवस्थापन सरकारबाट मात्र सम्भव नभएको बताउँदै सामुदायिक वनका हरेक गतिविधिमा उपभोक्तलाई सक्रिय सहभागिता गराउन आग्रह गर्नुभयो । त्यस्का लागि आवश्यक सहयोग र सहजिकरण गरिने उहाँको भनाई छ ।
कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरका अध्यक्ष ठाकुरप्रसाद पाण्डेले सामुदायिक वनका स्रोतलाई एकिकृत गर्दै यहाँको विकासका लागि काम गर्नुपर्ने बताउनुभयो । गरिबि न्युनीकरणका लागि जीविकोपार्जन कार्यक्रम, महिला शसक्तिकरण र वन उद्यमका कार्यक्रम सञ्चालन गर्न उहाँको सुझाव छ ।
त्यस्तै गैंडाकोट ३ का वडा अध्यक्ष शिवकान्त तिवारीले सामुदायिक विकासमा न्यायोचित र समुचित लगानी गर्न आग्रह गर्नुभयो । त्यस्का लागि वडासँग साझेदारी गर्दै यहाँको शिक्षा र विकासमा जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष ठाकुरप्रसाद रिमाल, नन्दन वनका अध्यक्ष घनश्याम कंडेलले लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमका अध्यक्ष देउराली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नरबहादुर कुँवरले जेठ १५ मा सरकारले सालका काठ बिक्रि वितरणका लागि लगाईएको रोकले करिब ११ हजार क्युफिट वन पैदावर बिक्रि गर्न बाँकी रहेको जानकारी दिनुभयो ।


कार्यक्रममा समूहको वार्षिक प्रगति प्रतिवेदन सचिव देवसरा पुलामीले प्रस्तुत गर्नुभएको थियो । त्यस्तै कोषाध्यक्ष वद्रिप्रसाद रिमालले तयार पार्नुभएको आर्थिक प्रतिवेदन सह सचिव शम्भुप्रसाद तिवारीले प्रस्तुत गर्नुभएको थियो । उहाँले १ करोड ३० लाख, ५१ हजार ८ सय २३ रुपैयाँको आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो । लेखा समिति संयोजक सुर्यनाथ तिवारीले ४९ लाख ९६ हजार १ सय ५५ नाफा गरेको जानकारी दिनुभयो । अनुगमन समितिको प्रतिवेदन प्रस्तुत गर्दै संयोजक कृष्णबहादुर विकले ११ वँुदामा सुझाव पेश गर्नुभएको थियो ।
कार्यक्रममा सव डिभिजन वन कार्यालय गैंडाकोटका प्रमुख, सहायक वन अधिकृत सुर्यसिंह गुरुङ, संस्थापक अध्यक्ष मनविर थापा, नेकपाका वडा अध्यक्ष अर्जुन बाचे, कांग्रेस वडा सभापति टेकप्रसाद रिमाल लगायतको उपस्थिती रहेको थियो ।
वनका उपाध्यक्ष लोकबहादुर सिंजालीले स्वागत गर्नुभएको सो कार्यक्रम ईन्द्रज्योती पोखरेलले सहजिकरण गर्नुभएको थियो । सो अवसरमा वन रक्षक मिनबहादुर सुनारीलाई उत्कृष्ट कर्मचारीका रुपमा सम्मान गरिएको थियो । ४८४.५१ हेक्टर क्षेत्रफलमा फैलिएको वनमा २८६ घरधुरी उपभोक्ता सदस्य रहेको वनका कार्यालय सचिव विजेश आलेले जानकारी दिनुभयो ।

Share.

Leave A Reply