आज क्रिसमस पर्व मनाइँदै

0

पौष १० । इसाई धर्मावलम्बीहरुले विश्वभर आज क्रिसमस पर्व मनाउँदै छन् । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो पर्व मनाउने गरिन्छ । येशुको जन्मोत्सव ( क्रिसमस) को अवसरमा प्रत्येक वर्ष डिसेम्बर २५ तारिखका दिन विभिन्न कार्यक्रम गरी क्रिश्चियन धर्मावलम्बीहरुले यो पर्व मनाउने गर्दछन् ।

क्रिसमसको अवसरमा देशभरका चर्चमा प्रार्थना, नाचगान जस्ता कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गर्ने गरिन्छ । क्रिसमसमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ।

२ हजार १७ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको थियो । कुमारी मारियमको कोखबाट येशुको जन्म भएको हो । येशुलाई जिसस क्राइष्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि र्पुयाएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । हाल नेपालमा १३ हजार हाराहारी चर्च र ३० लाख भन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेको जनाइएको छ ।

Share.

Leave A Reply