दलदलेबाट वोवकतर्फ जादै गरेको जिप दुर्घटना हुँदा ९ जना घाईते

0


पुस ९, गैंडाकोट । नवलपरासी (पूर्व) बौदीकाली गाउँपालिका ६ मधुकोट स्थित भित्रि सडकखण्डमा दलदलेबाट वोवक तर्फ जादै गरेको लु १ ज २७१६ नं.को महेन्द्र जिप आज दुर्घटना हुँदा ९ जना घाईते भएका छन् । गाडीको अचानक ब्रेकफेल हुन गई पल्टि दुर्घटना हुदा जिपमा सवार ११ जना मध्ये ९ जना घाईते भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय डेडगाउ र ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट पुगेको प्रहरी टोलीले घाईतेहरुलाई उद्दार गरी उपचार्थ पठाएको थियो । घाईतेहरु मध्ये ४ जनाको स्थानिय मेडीकलमा उपचार भएको अन्य ५ जनालाई भरतपुर चितवनतर्फ पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताउनुभयो ।

Share.

Leave A Reply