अपडेट : मृतकहरुको पहिचान खुल्यो (घटनास्थलका तस्वीरसहित)

0

प्रेम क्षेत्री,
पुस ८, गैंडाकोट । कालिगण्डकी करिडोर अन्र्तगत गैंडाकोट ३ मा भएको दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत भएको छ । मृत्यु हुनेमा हेटौडाँ उपमहानगरपालिका १७ का ४५ वर्षिय सुरेश भुजेल, सोही ठाउँका ३५ वर्षिय बलराम श्रेष्ठ र पर्सा ठोरी गौतमनगरका ५० वर्षिय भिमबहादुर तामाङ रहेका छन् । स्थानीयको सहयोगमा घटनास्थलबाट शव उठाई भरतपुर अस्पताल पठाईएको छ । ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरिक्षक चन्द्रबहादुर थापा नेतृत्वको टोलीले स्थानीय र डोरीको सहायतामा भिरमा रहेको शव निकालेका थिए ।
कालिगण्डकी करिडोर अन्र्तगत गैंडाकोट ३ को भोक्रोफाँट टोलको सेती भिरबाट करिब १ सय मिटर तल ना ३ ख ५३३९ नम्बरको लोरि प्लेटफर्म टेलर आँफै अनियन्त्रित भई खसेको हो । लोहनी कन्स्ट्रक्सनको सो गाडी सिमेन्ट छाडेर बुलिङटार गाउँपालिकाको खामबेंसीबाट फर्कदै गर्दा दुर्घटनामा परेको हो । उकालोमा मोड नपुगेर १० चक्के लरि ब्याक भई खसेको हुन सक्ने अनुमान गरिएको गैंडाकोट ३ का वडा अध्यक्ष शिवकान्त तिवारीले जानकारी दिनुभयो ।
घटना अगावै भएपनि बिहान ८ बजेपछि मात्रै घटनाका बारेमा थाहा भएको स्थानीय खेम गरम्जा मगरले जानकारी दिनुभयो । सो गाडीबाट उछिट्टिएको अवस्थामा शव फेला परेको हो । घट्ना सम्बन्धि अन्य थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।

घटनास्थलका तस्वीर

तस्वीर : ईन्द्रज्योती पोखरेल

 

Share.

Leave A Reply