अपडेट : ट्रक खस्दा ३ जनाको घटनास्थलमा नै मृत्यु

0


प्रेम क्षेत्री
पुस ८, गैंडाकोट । गैंडाकोट ३ कालिगण्डकी करिडोरमा भिरबाट ट्रक खस्दा ३ जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

कालिगण्डकी करिडोर अन्र्तगत गैंडाकोट ३ को भोक्रोफाँट टोलको २६ किलोमिटर भन्ने स्थानको सेतो पहराबाट करिब २ सय मिटर तल ना ३ ख ५३३९ नम्बरको ट्रक खसेको हो । लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक बुलिङटार गाउँपालिकाको खामबेंसीबाट फर्कदै गर्दा दुर्घटनामा परेको हो । घटनास्थलमा ३ जना पुरुषको शव फेला परेको स्थानीय खेम गरम्जा मगरले जानकारी दिनुभयो । उहाँका अनुसार सडकदेखी करिब १०० मिटरको दुरीमा ट्रकबाट उछिट्टिएको अवस्थामा शव फेला परेको हो ।

उहाँले एकजना व्यक्तिको साथबाट हेटौंडाको सुरेश भुजेलको नाममा रहेको लाईसेन्स फेला परेको जानकारी दिनुभयो । मृतकको परिचय खुलिसकेको छैन । कम्पनीका कामदारका अनुसार बिहानै ५ बजे सो स्थानमा दुर्घटनामा परेको आशंका गरिएको छ । बिहान ८ बजेमात्रै घटनाका बारेमा थाहा भएको थियो । ट्रक उकालोमा ब्याक भई खसेको आशंका गरिएको छ ।

घटना स्थलमा अहिले ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी सहित जाँदै गरेको गैंडाकोट ३ का वडा अध्यक्ष शिवकान्त तिवारीले जानकारी दिनुभयो । घटनास्थल गैंडाकोट पुर्व पश्चिम राजमार्गदेखी करिब ३५ किमिको दुरीमा पर्छ । विस्तृत विवरण अझै आउन बाँकी रहेको छ ।

Share.

Leave A Reply