नेकपा केन्द्रीय सदस्यमा नवलपुरका ९ जना मनोनित

0

चितवन, पौष ७ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठकले नवलपुरका ९ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । आज बसेको तेस्रो बैठकले नवलपुरका नेकपा नेताहरु रोशनबहादुर गाहा, चन्द्रमणि खराल, घनश्याम कोइराला, दीपक अधिकारी ,कृष्णप्रसाद घिमिरे, चन्द्रकुमारी पुन, जीवन श्रेष्ठ ,जनकलाल श्रेष्ठ र पदमा जि.सी. मनोनित हुनुभएको हो ।

ओली पक्षको बैठकमा सहभागी नेताहरु

एकले अर्कोलाई आधिकारिक पार्टीको समिति दावी गर्दै आज भएको बैठकमा प्रधानमन्त्री एवम अध्यक्ष ओलीले एकलौटी रूपमा ५५६ जना केन्द्रीय सदस्य थप्नु भएको छ । यस अघि ४४७ जनाको केन्द्रीय कमिटी रहेको थियो ।

आज मनोनित सदस्यहरुमध्ये बैठकमा उपलब्ध सवैलाई पद तथा शपथ पनि गराइएको छ । बैठकमा सम्वोधन गर्दै अध्यक्ष ओलीले महाधिवेशन गराउनेतर्फ केन्द्रीत नभई पार्टी फुटाउन अर्को पक्ष अग्रसर भएको र त्यसले अराजक सृजना गर्ने बताउनुभएको थियो ।

समयमै महाधिवेशन गराउने गरी केन्द्रीय कमिटी विस्तार गरेको उहाँको भनाई थियो । यसअघि नेकपाको केन्द्रीय कमिटिमा नवलपुरबाट ३ जना हुनुहुन्थ्यो । जसमध्ये १ जना ओलीतर्फ र २ जना प्रचण्ड–नेपाल समूहका हुनुहुन्छ ।

बालुवाटारमा भएको आफूनिकट केन्द्रीय सदस्यको बैठकमा उहाँले एक हजार १९९ जना महाधिवेशन आयोजक समिति बनाउने घोषण गर्नुभएको छ ।

१९६ जना पछि थप्ने गरी ओलीले महाधिवेशन आयोजक समिति बनाउने योजना सार्वजनिक गर्नुभएको हो ।

प्रचण्ड– नेपाल पक्षको बैठकमा सहभागी नेताहरु

Share.

Leave A Reply