चितवनमा प्रधानमन्त्री ओलीको पक्षमा दीप प्रज्वलन

0

चितवन, पौष ७ । चितवनमा केपी शर्मा ओलीको समर्थनमा दीप प्रज्वलन सहित प्रदर्शन गरिएको छ ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्ला समेत रहेको चितवनमा विद्यार्थी तथा युवा नेताहरुले ओलीको कदमलाई समर्थन जनाउँदै प्रदर्शन गरेका हुन् ।
आज साँझ भरतपुरको चौविसकोठीमा दीप प्रज्वलन सहित प्रदर्शन गर्दै ५ वर्ष पुरै सरकार चलाउने म्यान्डेट जनताले दिएपनि पार्टी भित्रैबाट असहयोग भएकाले उक्त कदम चालिएको र यो सही भएको कार्यक्रममा बोल्ने वक्ताहरुको भनाई थियो । कार्यक्रममा अनेरास्ववियुका नेता हरि आचार्य, नेता कमलराज पाठक लगायतले प्रधानमन्त्री ओलीलाई साथ दिएर ताजा जनमत लिन सवै लाग्नुपर्नेमा जोड दिएका थिए ।

Share.

Leave A Reply