अध्यात्मवाद

0

अध्यात्मवाद
कविता
रवीन्द्रनाथ पोखरेल
देवचुली नगरपालिका–३, नवलपुर
मान्छे जीवको पनि अजिब
प्राणी
ब्रह्म सृष्टिकर्ता चेतना
उसले भ¥यो प्राणका
साथमा उच्चकोटिको
धर्म भन्छ, विश्वास गर्छ ।

भौतिकवाद प्रकृति र
ब्रह्माण्डमा खोज्छ
तथ्यमा जीवका अनेकौँ रुपमा
परिणामस्तरमा कालक
गति
नियाल्छ चेतनाकै जालो
भित्रबाट भन्छ सबै जीवमा
सँगै जन्मिन्छ चेतना
जीवहरुमा सूक्ष्म
मान्छेमा उच्च, समयअन्तर ।

हो’ त्यही आकारविहीन
चेतनाको अदम्य शक्ति हो
जीवनमा
मानिस हुनु
चेतनाले मान्छे चिनाउँछ
क्षमताको फित्ता नाप्छ
चिन्यो जगत चिनाइदिन्छ
छैन त कुरुप बनाउँछ
विचारमा डुल्छ
ऊ म, तिमी खोज्दै
चेतना ∕ झुपडी मन्दिर
बनाउँछ आस्था र
विश्वासको समाज
ईश्वरको दृष्टिले सजाउँछ
निहित स्वार्थ पाल्दैन,
सुगन्धका सुन्दर फूल
र रंगले होली र देउसी
भैलोको सम्बन्ध वर्षाउँछ
माटोमा शिखरका चम्किलो
चुच्चे टोपी ओढाउँछ
सिंगो जगत् मानवताको
उज्यालो छर्छ पूर्णिमाको
जस्तै महानताको
माला उन्छ सेवाभावमा
खुसीका नदी बग्छन्
आत्मा र चेतना
तिम्रा मेरा सगोत्री हुन्
सँगै निरन्तर साथमा राख
स्वार्थ र अभावको
क्षणमा मन्दिरको मूर्ति र
तीर्थको शालिकसँग
भाक्कलको याचना
अपराधको प्रायश्चित्त
दरिद्रतामा
पसिनाको धपडी
खेपेजस्तो
तिरस्कारले नहेर्नू
इतिहास साक्षी छ सामुन्ने
ऊभित्रको चेतना कुम्भकर्ण
हुँदा सुनको बस्तीमा
आगोको मुस्लो दन्कियो
थुप्रै अभिमानका चेतना
चेतनाकै सिकार बने
अस्मिताको रक्षामा स्वयं
घमण्डको चेतना अस्तायो
चेत र चेतनामा फरक
त्यही छ कतै रगत रगतकै
आहाल कुरुक्षेत्र
रज ना∙िँदाको उपलब्धि,
प्रतिज्ञात धारमाथि
अस्तायो
खरानीको चट्टान
हिरोसिमा नागासाकी र
अनगिन्ती हुर्किंदैका
चेतनाकै
आवेगको मातमा भस्म ।
मान्छे र चेतनाले अभाव
भोग्यो द्वन्द्व निरन्तर
त्यसैले खोज्यो आत्मा,
मान्छेमा चेतना र
आत्मा छ जीवहरुबीच
अन्तर यही छ
चिन्यो त मान्छेमा
मानवतावाद जन्मन्छ ।
परिणाम
दया, प्रेम, सेवा, करुणा,
सद्भाव, जगत जननी,
त्याग निष्ठा समर्पण
स्वार्थरहितको
विचार र ईश्वरप्राप्तिको
आध्यात्मवादको
तीर्थस्थल
भौतिकवाद र
धर्मको
उद्गमस्थल ।

Share.

Leave A Reply