आन्तरिक पर्यटक तान्न घुमौँ सौराहा अभियान सुरु

0

चितवन, पौष ६ । चितवनको पर्यटकीय नगरी सौराहामा आन्तरिक पर्यटक बढाउन घुमौँ सौराहा अभियान सुरु गरिने भएको छ । देशकै तेस्रो पर्यटकीय गन्तव्य भएपनि उल्लेख्य पर्यटक नआएपछि यो अभियान सुरु गर्ने क्षेत्रीय होटल संघका सौराहाका अध्यक्ष दिपक भट्टराइले जानकारी दिनुभयो । कोरोना भाईरस र त्यसपछिको लकडाउनका कारण थला परेको पर्यटन क्षेत्रलाई उकास्न र वाह्य पर्यटक आवागमन शुन्य भएपछि यो अभियान थालिने भएको हो ।

आन्तरीक पर्यटन मार्फत क्रमिक रुपमा चलायमान बन्दै गएको सौराहामा यो अभियानपछि पर्यटक आर्कषित हुने र विभिन्न छुट प्याकेज लिएर विभिन्न ठाउँमा पुग्ने अभियानको उद्देश्य रहेको छ । यहि पुस १० गतेबाट अभियान सुरु गरिने अध्यक्ष भटट्राईले जानकारी दिनुभयो । अभियानको क्रममा पुस १० गते विराटनगर, पुस ११ गते जनकपुर, पुस १२ गते विरगंज पुग्ने कार्यतालिका तय भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार सौराहामा निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा दुर्लभ वन्यजन्तु गैँडा, बाघ, भालुलगायतका जनावर हेर्न स्वदेशी र विदेशी पर्यटक आउने गर्दछन् ।

Share.

Leave A Reply