नवलपुर र चितवनमा बलात्कार तथा यौन दुव्र्यवहारको घटनामा कमी आएन

0

गैँडाकोट, पौष ६ । नवलपुरमा गत वर्षको तुलनामा यस वर्ष बलात्कार तथा यौन दुव्र्यवहारको घटना बढेको छ । सन् २०२० को जनवरी १ देखि सन् २०२१ को डिसेम्बर १५ सम्मको तथ्याङ्क अनुसार बलात्कार तथा यौन दुव्यवहारका २६ वटा घटना अभिलेखिकरण गरिएको इन्सेक नवलपुरका जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले जानकारी दिनुभयो । १८ वटा घटनामा बालिका र एक वटा घटना बालक बलात्कार तथा यौन दुव्र्यवहार घटनामा पीडित बनेको डुम्रेले बताउनुभयो । सोही अवधिमा सात वटा घटनामा महिलाहरु बलात्कार तथा बलात्कारको प्रयास घटनामा पीडित भएको र एक वटा घटनामा नवलपुर जिल्ला अदालतले आरोपितलाई सफाई दिएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार नवलपुरमा सन् २०१९ मा १२ वटा बलात्कार तथा यौन दुव्र्यवहारको घटनामा बालिका पीडित भएका थिए भने आठ वटा बलात्कार तथा बलात्कारको प्रयास घटनामा महिलाहरु पीडित भएका थिए । यो वर्ष जिल्लामा बन्दाबन्दीको समयमा बालिकाहरु परिवारको सदस्यबाट बढी पीडित बनेको भन्दै डुम्रेले परिवार भएका घटनालाई मुलप्रवाहिकरणमा ल्याउन कठिनाई हुने गरेको अनुभव सुनाउनुभयो । सौतेनि बुबाबाट पीडित हुने बालिकाहरुको संख्या बढी रहेको उहाँले जानकारी गराउनुभयो ।
जिल्लामा मानव अधिकार उल्लघंन तथा ज्यादतीकाको घटनाहरु सार्वजनिक गर्दै उहाँले जिल्लामा सन् २०२० को यो अवधिमा राज्यपक्षबाट गिरफ्तारी घटनामा तिन वटा, गोलिहानि घाईते भएको घटना एक वटा, गैराज्यपक्षबाट कुटपिट तथा दुव्र्यवहार दुई वटा, हत्या दुई वटा, बालअधिकारमा बलात्कार, यौनदुव्र्यवहारका १९ र विद्यालयमा कुटपिट एक गरी २० वटा, महिला बलात्कार तथा बलात्कारको प्रयासका सात वटा, महिला हिंसा सम्बन्धि १३ वटा र सम्पती क्षति सम्बन्धि दुई वटा घटना गरी ५० वटा घटना अभिलेखिकरण गरिएको जानकारी गराउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि प्रमुख अतिथि एवंम नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले जिल्लामा एक वर्षको अवधिमा जिल्लामा भएका मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाहरुको लिपिबद्ध रुपमा अभिलेखिकरण गरेको भन्दै इन्सेकलाई आभार व्यक्त गर्नुभयो ।

 

चितवनमा बालिका बलात्कृतको तथ्याङ्क डर लाग्दो

चितवनमा गम्भीर प्रकृतिका मानव अधिकार उल्लंघनका घटनामा न्यूनिकरण हुन सकेको छैन। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक चितवनले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस्ता घटनामा बालिका बढि निशानामा परेका छन् । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ वार्षिक पूर्व समिक्षा कार्यक्रममा बोल्दै इन्सेक जिल्ला संयोजक दिपेन्द्र अधिकारीले एक वर्षमा चितवनमा ५१ जना महिला बलात्कृत भएका छन् । जसमा ३६ जना बालिका रहेको र १५ जना महिला रहेका छन् ।

१८ वर्ष मुनिकालाई बालिका मानिन्छ । पुष १७ देखि मंसिर मसान्त सम्मको तथ्याङ्कलाई हेर्दा १२ जना महिलामाथि बलात्कार प्रयास भएको छ । यसमा पनि ५ जना बालिका रहेका छन् । त्यस्तै जिल्लामा एक ढेड वर्षीय बालक सहित १३ जनाको हत्या भएको छ । जसमा ४ जना महिलाको हत्या भएको हो । ६ जना बालिका माथि बाल यौन दुव्र्यवहारको घटना भएको छ ।

त्यस्तै बुहविवाहका घटनामा १४ जना महिला पीडित भएका छन् भने ३ महिला आत्महत्या दुरुत्साहनका कारण ज्यान फालेका छन् । यो एक वर्षमा ४ जना महिला बेचिएका छन् भने वम विस्फोट घटनामा विप्लवका १ पुरुष कार्यकर्ता पक्राउ परेका छन् । चितवनमा हात हतियार शीर्षकमा १ जना पुरुष र राज्य विरुद्ध अपराधमा पनि विप्लवकै ५ जना पुरुष गरी ६ जना कार्यकर्ता पक्राउ परेका छन् ।

शिक्षित र विकसीत जिल्ला भनिएको चितवनमा बालिकाहरु नै गम्भीर प्रकृतिका घटनामा पर्नु लज्जास्पष्द विषय भएको भन्दै यसलाई रोक्न सवै लाग्नुपर्नेमा प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनकी उपप्रमुख मुना कुमारी श्रेष्ठको जोड थियो । कार्यक्रममा मानवअधिकारकर्मी राजेन्द्र पौडेलले कानुनको नजरमा अपराधि कसैको नहुने भन्दै अपराधिलाई कारवाही गर्ने र सचेतनाका कार्यक्रम गर्न सके शान्तिम समाज निर्माण गर्न सकिने बताउनुभयो । त्यस्तै महिला शसक्तिकरण अभियान चितवनकी अध्यक्ष संगिता भट्टराइले तथ्याङ्कले चितवनवासी भन्नै लज्जा महसुस भएको र जनप्रतिनिधिहरु भौतिक विकासलाई मात्रै समृद्धि ठान्ने प्रवृत्तिले मानव अधिकार उल्लघंनका घटनाको ग्राफ उकालो लागेको बताउनुभयो ।

Share.

Leave A Reply