अमर साकोसको साधारण सभा सुरु हुँदै

0


गैँडाकोट । अमर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औँ वार्षिक साधारण सभा मंगलबारदेखि सुरु हुँदैछ ।
सहकारी विभागद्वारा जारी साधारण सभासम्बन्धी निर्देशिका २०७७ बमोजिम २१औँ वार्षिक साधारण सभा तथा २२औँ वार्षिकोत्सव यहि पौष ७ गतेदेखि १८ गतेसम्म सञ्चालन गरिने संस्थाका अध्यक्ष प्रजापति कंडेलले जानकारी दिनुभयो । उहाँले संस्थाको केन्द्रीय कार्यालय गैँडाकोट १६ अमरापुरी र न्यू जनसेवा सेवा केन्द्र गैँडाकोट १५ बुद्धचोकमा उपस्थित भई सुझाव पेस गर्न सकिने बताउनुभयो । साथै मंगलबार बिहान ११ बजे उद्घाटन सत्रको आयोजना गरिएको बताउनुभयो ।
संस्थाका सेयर सदस्यहरुलाई कोरोनाबाट सुरक्षित राख्दै विभिन्न समयमा उपस्थिती एवं सुझाव संकलनको व्यवस्था गरिएको व्यवस्थापक देवेन्द्र खड्काले जानकारी गराउनुभयो । १५ गतेसम्म सुझाव संकलन, १६ गते सुझाव एकीकृत, १७ गते प्राप्त सुझावउपर छलफल तथा १८ गते २२औँ वार्षिकोत्सव तथा २१औँ साधारणसभा समापन समारोहको समय तय गरिएको बताउनुभयो ।

Share.

Leave A Reply