गैँडाकोट स्वाभिमान सहकारीमा ४ करोड बढी मुनाफा, वार्षिक साधारण सभा सुरु

0


प्रेम क्षेत्री,
गैँडाकोट । गैँडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८ औँ वार्षिक साधारण सभा शुभारम्भ भएको छ । सोमबार संस्थाको सभाहलमा साधारण सभा शुभारम्भ एवम् एकीकरण घोषणा कार्यक्रम प्रमुख अतिथि नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेफ्स्कुनका अध्यक्ष परितोष पौड्यालले सहकारीले अब सक्रिय सहभागितामा हुने आम्दानीभन्दा निष्क्रिय सहभागितामा हुने आम्दानीमा जोड दिनुपर्ने बताउनुभयो । त्यसका लागि प्रविधिमैत्री सेवालाई जोड दिनुपर्ने उहाँको भनाइ छ ।

पूर्वाधार विकास, क्षमता अभिवृद्धि गर्दै प्रभावकारी सफ्टवेयरको विकास गरी सहकारीलाई व्यवस्थित गर्न सकिने उहाँले बताउनुभयो । गैँडाकोटका सहकारी सक्षम रहेको बताउँदै सदस्यको जीवनस्तर मजबुत गराउनतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो । त्यसका लागि उद्यमशीलता अभियान नै सुरु गर्नुपर्ने उहाँले बताउनुभयो ।


त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुषालले सहकारी समृद्धिको आधार भएको बताउँदै सदस्यको जीवनस्तरमा भएको परिवर्तन मापन गर्दै त्यसतर्फ कार्यक्रम तय गर्नुपर्ने बताउनुभयो । उहाँले गैँडाकोटतर्फ नारायणी तटीय पर्यटनका लागि नगरपालिकासँग सहकार्य गरेर आम्दानी गर्न सकिने समेत बताउनुभयो । कृषि र उद्यमशीलताका लागि पनि सहकार्य गर्न सकिने बताउँदै नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा नवल सहकारी र गैँडाकोट स्वाभिमानबीच एकीकरणको घोषणा गरिएको थियो ।


कार्यक्रममा बोल्दै गैँडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष देवराज पौडेलले संस्थाले शक्ति, सामथ्र्य, सहनशीलता र विश्वासलाई आधार बनाएर काम गर्दै आएको बताउनुभयो । दीगो विकासका लागि पूर्णरुपले व्यवसायीकरण गर्दै अघि बढेको उहाँले बताउनुभयो ।


कार्यक्रममा आर्थिक वर्ष २०७६÷०७७ को प्रगति प्रतिवेदन र आर्थिक वर्ष २०७७÷०७८ को प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संस्थाका सचिव विष्णु पौडेलले कुल सम्पत्ति १ अर्ब ३५ करोड पु¥याइने बताउनुभयो । साथै उहाँले प्रस्तावित कार्यक्रम अध्ययन गरी यही पौष १० गतेसम्म सुझाव पेस गर्न आग्रह गर्नुभयो ।


आर्थिक वर्ष २०७६÷०७७ को आर्थिक प्रतिवेदन र आर्थिक वर्ष २०७७÷०७८ को प्रस्तावित बजेट प्रस्तुत गर्दै कोषाध्यक्ष शान्ति सापकोटाले कुल सम्पत्ति १ अर्ब ४ करोड ५४ लाख, ६८ हजार ४ सय ५० पुगेको जानकारी दिनुभयो । शेयर पुँजी ११ करोड ८९ लाख ७५ हजार ६ सय पुगेको उहाँले बताउनुभयो । त्यस्तै संस्थाले गत आर्थिक वर्षमा ४ करोड १ लाख १५ हजार २ सय ५ रुपैयाँ खुद मुनाफा गरेको बताउनुभयो । कोरोना महामारीका बीचमा खुद बचतको आधारमा १६ प्रतिशतका दरले लाभांश वितरण गरिएको बताउनुभयो ।


लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्दै लेखा समिति संयोजक गोविन्द सुवेदीले डिजिटल सेवालाई जोड दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । गतवर्ष नीति तथा कार्यक्रममा भएका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा गर्न सुझाव दिनुभयो ।
संस्थाका उपाध्यक्ष पोषणराज सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्दै कोरोनाका कारण भव्यरुपमा साधारण सभा गर्न नसकिए पनि सदस्यहरुको सक्रिय सहभागिता रहने विश्वास व्यक्त गर्नुभयो ।


कार्यक्रममा गैँडाकोट नगरपालिकाका सहकारी अधिकृत देवेन्द्र गौतम, सामाजिक विकास तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रेमबहादुर गुरुङ, पूर्व अध्यक्ष एवम् सल्लाहकारहरु धनबहादुर पौडेल, लीलाराम कंडेललगायतको उपस्थिति रहेको थियो ।
सहकारीमा ९ हजार ६ सय ६८ जना सेयर सदस्य पुगेको संस्थाका प्रमुख व्यवस्थापक रामचन्द्र सुवेदीले जानकारी दिनुभयो । यही पौष १० गतेसम्म सुझाव सङ्कलन गरिने र १२ गते साधारण सभाको समापन गरिने जनाइएको छ । २८ वर्ष अघि गैँडाकोट युवा क्लब हालको सामाजिक विकास तथा अनुसन्धान केन्द्रको अगुवाइमा संस्था स्थापना गरिएको थियो । गैँडाकोट २ मा मुख्य कार्यालय रहेको संस्थाले अन्य ४ वटा सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

Share.

Leave A Reply