बन हात्ती धपाउन सौराहामा जडान भयो मेशीन

0

चितवन, पौष ६ । चितवनको सौराहामा बन हात्ती धपाउन मेशीन जडान गरिएको छ । जडान गरिएको मेशीनको प्रयोग गरी हात्ती धपाइने बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जित बहादुर तामाङले जानकारी दिनुभयो । पछिल्लो समय निकुञ्जबाट आउने बन हात्तीले स्थानीय घर भत्काउने, वालीनालीमा क्षती पुग्ने भएपछि यो मेशीन जडान गरिएको हो । यद्यपी मेशीन परीक्षण कालमै रहेको तामाङले जानकारी दिनुभयो ।
महावीर पुनको नेतृत्वमा संचालित राष्ट्रिय आष्किार केन्द्रले निकुल्क उपलब्ध गराएको उक्त मेशीनको प्रभावकारीता वारे परीक्षण भइरहेको छ । मेशीनमा बन हात्तीलाई भगाउन सहयोग पुर्याउने १० प्रकारका विभिन्न आवाजहरु सेटिङ गरिएको छ । त्यसलाई चलाउन एउटा छुट्टै मोवाइल नम्वर जडान भएको र हात्ती आएको सुचना पाउनासाथ फोन गरेपछि उक्त मेशीनले विभिन्न आवाजहरु निकाल्ने गर्दछ । साइरन सहितको मानिसको पुत्ला माथि जडान गरिएको छ जसको आवाजबाट हात्ती भाग्ने गर्दछ । अहिले परीक्षणको लागि रहेको र थप प्रभावकारी गराउन पुनले सुझाव माग गरेको तामाङले जानकारी दिनुभयो ।
सोलारबाट व्याट्रि चार्ज गरिने र जहाँ आवश्यक छ त्यही लग्न सकिने गरी मेशीन जडित रहेको छ । अहिले निकुञ्जसँग स्वीकृत लिने प्रकृयामा रहेको तामाङले जानकारी दिनुभयो । यसको प्रयोगबाट वन्यजन्तुलाई पर्ने असरवारे पनि अध्ययन तथा छलफल गरेर मात्रै जंगल नजिक यसको प्रयोग हुने अन्यथा गाउँमा यो मेशीन राखिने तामाङको भनाई रहेको छ ।

Share.

Leave A Reply