अनुदानको मल बिक्रि वितरण कार्यप्रति गैंडाकोटका कृषि सहकारीको विरोध

0

गैँडाकोट, पौष ५ । अनुदानको मल बिक्रि वितरण कार्यमा निषेध लगाईएको भन्दै गैंडाकोटका सहकारीले विरोध जनाएका छन् । कृषि सहकारीलाई निश्चित घेरामा राखिएको भन्दै उनिहरुले गैंडाकोट नगरपालिकामा ज्ञापन पत्र बुझाएका हुन् ।

स्थानीय तह मल वितरण व्यवस्थापन समिति गैंडाकोट नगरपालिकासमक्ष ज्ञापन पत्र बुझाउँदै उनिहरुले आफुहरुको माग सम्बोधन हुनुपर्ने बताएका हुन् । कृषि सहकारीलाई नगरकै निश्चित क्षेत्रमा मात्र बिक्रि गर्न लगाईएको भन्दै उनिहरुले आपत्ती जनाएका हुन् ।

मल वितरण निर्देशिका २०७७ मा अनुदानको मल बिक्रि वितरण गर्दा कृषि सहकारी संस्थालाई पहिलो प्राथमिकता दिनुपर्ने भनिए पनि स्थानीय तह मल वितरण व्यवस्थापन समितिले वेवस्ता गरेको उनिहरुको आरोप छ । गैंडाकोट नगरपालिकाबाट मंसिर २६ गते विभिन्न फर्म तथा कम्पनीलाई समेत मल विक्रि वितरण गर्न अनुमति दिएको प्रति उनिहरुले आपत्ती जनाएका हुन् ।

सो कार्य मल वितरण निर्देशिका २०७७ विपरित भएको भन्दै सच्याउन माग गरेका हुन् । गैंडाकोटमा कृषि सहकारीले मल वितरण गर्दै आएको र सहकारी मल वितरण कार्यमा सक्षम रहेको उनिहरुको दावी छ । सहकारीलाई बाहेक अन्य फर्म तथा कम्पनीलाई मल विक्रि वितरणका लागी अनुमति नदिन उनिहरुले माग गरेका छन् ।
विनायक कृषि सहकारी संस्थाका अध्यक्ष खिमानन्द सापकोटा, अमर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रजापति कंडेल, दर्पण कृषि सहकारी संस्थाका उपाध्यक्ष लक्ष्मी सापकोटा पौडेल, प्रयास कृषि सहकारी संस्थाका व्यवस्थापक कृष्णप्रसाद कंडेलद्वारा हस्ताक्षर गरि ज्ञापन पत्र पेश गरेका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुषाललाई उनिहरुले ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझ्दै उहाँले आएका मागलाई सम्बोधन गरिने बताउनुभयो । उहाँले सबैलाई सहज हुने वातावरणको सिर्जना गरिने बताउनुभयो ।

Share.

Leave A Reply