ओलीको पाराले दुख पाए साराले भन्दै नेकपाकै कार्यकर्ताद्धारा चितवनमा विरोध प्रदर्शन

0

चितवन, पौष ५ । आइतवार विहान अकस्मात रुपमा संसद विघटनको सिफारिस ल्याएको प्रति आक्रोश व्यक्त गर्दै सरकार पक्षकै भातृ संगठनहरुले चितवनमा आज विरोध सभा गरेका छन् । चितवनको भरतपुर स्थित चौविककोठीमा आकस्मिक रुपमा आयोजना गरिएको उक्त विरोध सभामा केपी ओलीकै कार्यकर्ताले उहाविरुद्ध चर्को नारावाजी गरेको थिए । नेकपा सम्वद्द जनवर्गीय संगठनहरुद्धारा गरिएको उक्त सभामा गणतान्त्रीक शक्तिहरु एक हौँ, पार्टी एकता जिन्दाबाद, पार्टी फोड्न पाइदैन, एक पक्षिय असंवैधानिक कदम खारेज गर जस्ता नाराहरु लगाएका थिए । युवासंघ चितवनका जिल्ला अध्यक्ष मधु न्यौपानेले कार्यक्रमलाई सम्वोधन गर्दै यो सांकेतिक विरोध मात्र भएको र सिफारिस फिर्ता नभए आगामी दिनमा जुनसुकै कदम पनि उठान गर्न आफूहरु तयार रहेको बताउनुभयो कार्यक्रम युवा नेता रोहीत सुवेदीले संचालन गर्दै जुनसुकै परिवर्तमा पनि युवा विद्यार्थीहरुको अग्रगामी सक्रियता रहेकाले यो सिफारिस विरुद्ध कडा आन्दोलन थाल्ने चेतावनी दिनुभयो । चौविसकोठी परिक्रमा गरि गरिएको कार्यक्रममा जिल्लाका विद्यार्थी तथा युवा नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।

Share.

Leave A Reply