हुप्सेकोट ५ पाँङ्ग्रेमा मोटसराइकल दुर्घटना, एक जनाको मृत्यु

0

गैँडाकोट, पौष ४ । हुप्सेकोट गाउँपालिका वडानम्वर ५ पाङ्ग्रेमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मोटरसाइकल चालक बुलिङटार गाउँपालिका ४ बस्ने वर्ष ४६ का सुर्यबिर वानटाकीको मृत्यु भएको हो । आज विहान भित्रि सडक खण्डमा उत्तर बाट दक्षीण तर्फ आउदै गरेको लु ३१ प ९७९० नं को मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट करिव १३० मिटर तल खसेको थियो ।
दुर्घटनापछि गम्भीर घाइते वानटाकीको टाउको,हात खूट्टा,शरिरको बिभिन्न भागमा चोट लागेको र पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनाको थप अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभयो ।

Share.

Leave A Reply