गैँडाकोट ६ मा बाली उपचार शिविर सम्पन्न

0

हरि सुवेदी, गैँडाकोट, पुस ४ ।राष्ट्रिय कृषक समूह महासंघ नेपालको आयोजनामा गैंडाकोट ६ मा बाली उपचार शिविर सम्पन्न भएको छ । विन्ध्यवासिनि कृषक समूहको सहकार्यमा एकदिने बाली उपचार शिविर गैंडाकोट ६ मा रहेको रिजाल पशुविकास कृषि फर्मको प्राङ्गणमा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले वडाले कृषिलाई प्राथमिकतामा राखेको बताउँदै केही समस्या परे समाधान गरिने बताउनुभयो । उहाँले आयमूलक कृषि कार्यमा जोड दिन समेत आग्रह गर्नुभयो ।


कार्यक्रममा विनायक कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष खिमानन्द सापकोटा, राष्ट्रिय कृषक समूह महासंघ नेपालका महासचिव रिता वस्ताकोटी, कृषिबाली विशेषज्ञहरु रमा ढुङ्गाना, रितकुमार सापकोटा, चन्द्रकला थापा, राष्ट्रिय भुमि अधिकार मञ्च नेपालका प्रेम प्रकाश नेपाली, राष्ट्रिय कृषक समूह महासंघ गण्डकी प्रदेश सदस्य एवं गैंडाकोट कृषक सञ्जालका संयोजक तिलकप्रसाद कंडेल लगायतको उपस्थित रहेको थियो ।

कृषकलाई आईपर्ने समस्या र त्यस्ता समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा बालीको उपचार सम्बन्धी ज्ञान कृषकलाई दिईएको विन्ध्यवासीनी कृषक समूहका अध्यक्ष तिलकप्रसाद रिजालले जानकारी दिनुभयो ।

Share.

Leave A Reply