अर्नाले बच्चा जन्मायो, गैँडाको केटो र हात्तीको छावाको मृत्यु

0

गैँडाकोट, पौष ४ । चितवन राष्ट्रिय निकुञ्जको कोर ईलाकामा पर्ने पदमपुर फाँटामा रहेको अर्ना ईन्क्लोजरमा एउटा अर्नाले वच्चा जन्माएको छ । यो सँगै चालु आर्थिक बर्षमा यो दोस्रो वच्चा हो यो नवजात सिशु संगै हालसम्म चिवतन राष्ट्रिय निकुञ्जमा ६ वटा बच्चा ईन्क्लोजरमा जन्मिएका सुचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो । कोसिटाप्पु वन्यजन्तु आरक्षबाट १२ वटा र सदर चिडियाखानाबाट ल्याइएका ३ गरी १५ अर्ना थिए । तर ६ वटाको बाढी, प्राकृतिक र बाघको आक्रमणले मृत्यु भएको छ । पुरानो स्थानान्तरित ७ पोथी र २ भाले अर्ना गरी जम्मा ९ वटा बाँकी रहेकोमा हालसम्म नवजात ६( ३ भाले, १ पोथी र हालै जन्म भएका २ लिङ्ग पहिचान नभएको) गरी कूल जम्मा १५ वटा अर्ना इन्क्लोजरमा रहेको निकुञ्जले जनाएको छ ।
त्यस्तै हिजो चितवन राष्ट्रिय निकुञ्जको हात्ती तालिम तथा प्रजनन् केन्द्र खोरसोरमा एउटा छावाको मृत्यु भएको छ । मंसिर १६ मा जन्म भएको हात्तीको छावीको रोगको कारण मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको र थप अध्ययनका लागि नमूना संकलन गरी भेटेनरी शाखामा पठाईएको उहाँले बताउनुभयो ।
साथै हिजो नै निकुञ्जको मध्यवर्ती क्षेत्र नमूना मध्यवर्ती सामुदायिक वनको बिजुली घोल क्षेत्रमा करिब ४ देखि ५ महिनाको गैडाँको बच्चा बाघको आक्रमणका कारण मृत अवस्थामा भेटिएको छ । सो गैँडाको मृत्युसंगै चालु आ.व. २०७७।७८मा १८ वटा गैडाको मृत्यु भएको छ ।

Share.

Leave A Reply