जेसिजको राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चितवनका खनाल, कानुनी सल्लाहकारमा गैँडाकोटका सापकोटा

0

गैँडाकोट, पौष ४ । नेपाल जेसिजको ४७ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा चितवनका अरुणेश्वर खनाल निर्वाचित हुनुभएको छ । भलबारी (रुपन्देही)मा सम्पन्न महाधिवेशनमा खनालले एक हजार ९० मत ल्याई निर्वाचित हुनु भएको हो । उहाँका प्रतिष्पर्धी लालमणी भण्डारीले पाँच सय १२ मत प्राप्त गर्नुभएको थियो ।
बिसहजार जेसिज चितवनका तर्फबाट दोस्रोपटक अध्यक्षमा उम्मेदवारी दिनुभएका उहाँ यसअघि नेपाल जेसिजमा कार्यकारी उपाध्यक्ष, महासचिव लगायतका पदमा काम गरिसक्नु भएको छ । साथै निर्वाचित पदाधिकारीहरुलाई पथ तथा गोपनियताको शपथ गराइएको छ । नव निर्वाचित अध्यक्ष खनाललाई निर्वाचन समितिका संयोजक एवम पूर्व राष्ट्रिय अध्यक्ष तेजशंकर भट्टले र अन्य पदाधिकारीहरुलाई नव निर्वाचित अध्यक्ष खनालले शपथ गराउनु भएको थियो । अन्य पदाधिकारीहरुमा राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, अरुण कुमार दाहाल, भोजराज चापागाई,शिवप्रसाद भुषाल, अन्य राष्ट्रिय उपाध्यक्षहरु रन्जनी थापा,कल्पना पाण्डे कुसुम,सुनील तिमिल्सेना,विमल झलवाली,विमला सुवेदी,प्रमिला काफ्ले,सुजन बरुवाल,राजन गौतम,पायल शर्मा,दिपेन्द्र निरौला,अनोज जोशी र गौतम शाहा रनुभएको छ ।
साथै खनालले वर्ष २०२१ का लागि नेपाल जेसिजको विद्यान भित्र रहेर कोषको जिम्मोवरी सम्हाल्न व्यास नगर जेसिजका पूर्व अध्यक्ष पविन्द्र भट्टराइलाई नियुक्त गर्नुभएकोछ । त्यस्तै नेपाल जेसिजको सचिवालयको जिम्मेवारी काभ्रे जेसिजका पूर्व अध्यक्ष विकास मानन्धर लाई र नेपाल जेसिजको विधानको व्याख्या तथा प्रभावकारी गराउन कानुनी सल्लाहकारमा गैडाकोट जेसिजका पूर्व अध्यक्ष गोकुल सापकोटालाई नियुक्त गरिएको छ । पौष १ देखि सुरु भएको महाविधेशन पौष ४ गते सकिएको हो ।

Share.

Leave A Reply