नवलपुरको मध्यविन्दुमा नवजात शिशुको शव फेला

0

डोलराज रानाभाट, गैँडाकोट, पौष १ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले नवजात शिशुको शव फेला पारेको छ ।

आज मध्यविन्दु ५ हरियाली सामुदायिक वन र मध्यविन्दु ७ विजय सामुदायिक बनको साँधमा महिना पुगेर जन्मिएको छोरा नवजात शिशुको शव फेला परेको सुचना अधिकारी डिएसपी मोहन खाँणले जानकारी दिनुभयो ।

सुरुवालको कपडाले वेरी जेब्रा झोला भित्र मृत अवस्थामा फेला पारीएको र प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी शव परीक्षणको लागी मध्यबिन्दु जिल्ला अस्पताल डण्डा राखिएको उहाँले जानकारी दिनुभयो ।

गत कार्तिक ४ गते नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नं. ४ को चुवा खोल्सा नजिक नाभी समेत नकाटिएको अवस्थाको साल–नाल सहितको नवजात शिशुको शव पनि प्रहरीले फेला पारेको थियो ।

बच्चा जन्माई जंगलमा फालेको आरोपमा दुई जनालाई नवलपुर प्रहरीले त्यतिवेला पक्रन सफल भएको थियो । आजको घटनाको भने थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

Share.

Leave A Reply