गाडीमा यात्रा गर्नेसँग नवलपुर प्रहरीद्धारा लागुऔषध बरामद सहित एक व्यक्ति पक्राउ

0

डोलराज रानाभाट, गैँडाकोट, पौष १ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दिया जिल्ला राजापुर नगरपालिका १ बस्ने वर्ष २६ का सनम कुमार थारु रहेका छन् । उनी पूर्व पश्चिम राजमार्ग चल्ने बसमा यात्रा गरिरहेका थिए ।

सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहन वहादुर खाँणका अनुसार आज दिउसो कावासोती १६ चालिस किलो जंगल स्थित पूर्व पश्चिम राजमार्ग सडक खण्डमा पश्चिम बाट पूर्व तर्फ आउदै गरेको ग १ ख ८९०८ नम्वरको को बस रोकी चेकजाँच गर्ने क्रममा उनीबाट नुर्फिन १०० एम्पुल, डाईजापाम १०० एम्पुल, फेनारगन १०० एम्पुल र नाइट्रोभेट ट्याबलेट ५४ ट्यावलेट लागु औषध फेला परेको थियो ।

उनीविरुद्ध लागु औषध तथा नियन्त्रण ऐन २०३३ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको खाँणले बताउनुभयो ।

Share.

Leave A Reply