३१ लाख बढिको इजाजतविनाका औषधी सहित ८ जना पक्राउ

0

डोलराज रानाभाट, गैँडाकोट, पौष १ । जिल्ला प्रहरी कार्यालय चितवनले ३१ लाख बढीका इजाजत बिना ओसारपसार गरिएका औषधी सहित त्यसमा संलग्न ८ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

प्रहरी उपरीक्षक एसपी नान्तीराज गुरुङका अनुसार उनीहरुको साथबाट ३१ लाख ५ हजार ६३३ मुल्य बरावरको औषधी बरामद गरिएको हो । पक्राउ पर्नेहरुमा कालिका नगरपालिका ४ चितवन बस्ने राजकुमार महतो, कालिका ३ का हरिशरण चौधरी, माडी नगरपालिका ३ का बालकृष्ण महतो, मिलन महतो, मकवानपुर जिल्ला गढी गाउँपालिका ८ का सुरज गौतम, वडानम्वर ३ बस्ने प्रकाश दाहाल, हेटौँडा उपमहानगरपालिका ५ बस्ने उज्जव पोख्रेल र वडानम्वर २३ बस्ने बिपिन सापकोटा रहेका छन् ।

उनीहरुलाई हिजो बिहान इलाका प्रहरी कार्यालय माडीमा प्रहरी निरीक्षक झलक शर्माको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गर्न सफल भएको हो । भारतबाट ठोरी नाका र त्यसपछि चितवनतर्फ आउदै गरेको ना ४ ख ४४२५ नम्वरको गाडी माडीमा चेकजाँच गर्दा डिक्कीमा लुकाएर ल्याइएको एन्टीअक्सीडेण्ट, सिलाजित, नेट्रोभित्ता, क्याल्सीयम आदि लेखेको औषधी बरामद भएको हो ।

 

उक्त औषधीको कुल मुल्य २१ लाख १० हजार ५३२ रुपैया रहेको छ भने आज विहान माडी ९ बगही खोलाको किनार स्थित झाडीमा वेवारिसे अवस्थामा ९ लाख ९५ हजार १ सय रुपैया बरावरको बरामद भएको एसपी गुरुङले बताउनुभयो । एसपी गुरुङका अनुसार औषधी व्यवस्था विभागसँग राय सल्लाह अनुसार थप अनुसन्धानको कार्य भइरहेको र नेटवर्कीङ व्यापारमा संलग्नहरुले यसको विक्रि वितरण गर्ने गरिएको प्रारम्भिक चरणमा खुलेको प्रहरीले जानकारी दिएको छ ।

Share.

Leave A Reply