पबित्रा पराजुली, गैँडाकोट, पौष १ । संस्कृतीसँगै आयआर्जनमा सहयोग पुग्ने उद्देश्यले गैँडाकोट नगरपालिका वडानम्वर ६ मा १५ दिने वाध्यवादन तालिमको सुुरु भएको छ ।
महिला संञ्जालको आयोजनामा आजदेखि सुरु भएको तालिममा २६ जना महिलाहरुको सहभागिता रहेको छ । तालिम दुई सिफ्टमा संचालन गर्ने महिला संञ्जालकी अध्यक्ष इन्दिरा खनालले बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहनुभएका गैँडाकोट ६ का वडाअध्यक्ष लक्ष्मिप्रसाद सापकोटाले यो तालिमले महिलाको सिप विकासमा टेवा पुग्ने र संस्कृती बचाउन पनि सहयोग हुने बताउनुभयो ।
उहाँले आफूले सिकेको सिपलाई व्यवहारमा लागूगर्न आग्रह गर्नुभयो । आशा प्रदान प्रशिक्षक रहनुभएको कार्यक्रममा महिला सञ्जालकी सल्लाहकार सदस्य कमला ज्ञवाली र वडा नम्बर ६ का वडा सदस्य पबित्रा अधिकारीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
विजय नगर खानेपानीको सभाहलमा भएको कार्यक्रममा विभिन्न महिला समुहका सदस्य साथै स्थानीय र अपाङ्ग संघका अध्यक्ष कृष्ण सुवेदीको उपस्तिथी रहेको थियो । पार्वती सापकोटाले कार्यक्रममा सहजीकरण गर्नुभएको थियो ।