विचारको अस्त्र

0

कविता
विचारको अस्त्र


रवीन्द्रनाथ पोखरेल
देवचुली नगरपालिका–३, नवलपुर

मौसमले रुप फेरेको छ
मनसुनले कालो सेतो टोपी
सागरतिरै सापटी फिर्ता ग¥यो
खोल्सी सुके वर्षाको तिर्खा मेट्दै
खोला तिरिन तिरिन सास धान्दै छ
आशाको बाढी पर्खिएर
नदीले बगर छोडेको छ
दुई किनार जोड्ने अभिलाषामा
हेर्दैन मझधारमा आपूm
ढुक्कले दौडिएको
सागरसँग साइनो गाँसिरहन
रंग फेर्छ छेपाराले जस्तै
खुम्चिन्छ गुटुमुट्ट भई
चिसो सिरेठोमा भुवा उडेको
सिरक ओढी
न किनार जोडिन्छ
त्यो धाँजा फाटेको मनले
न त न्यानो
तुसाराले धुजा पारेको खास्टाले
न ना∙ो लाज ढाक्छ
बर्खाको बाढीको प्यालाले
चाँगेको मरुभूमिमा बालुवाको ढिस्काले
मान्छे किन बुझ्दैन कहिल्यै ?
प्रकृतिको नियम,
सृष्टिको चक्र,
समयको गति
कसैको दास बन्दैन
घमन्ड र शक्तिको उल्लास
समय कालान्तरले
बेलाको रागमा आलोपालो
गरिरहन्छ कहिले वल्लो
कहिले पल्लो भ∙ालो
त्यसैले त हिजो बादल
मडारिने आकाशमा
यतिबेला घाम लागेको छ

दृष्टिमा निलो गाजल पोतेर
सजिएको छ
खहरेको भेलले
धमिलिएका फाँटहरु
शिशिरको सङ्लो शीतले
पखालिएका छन्
त्यही भएर होला अभिमान पनि
खहरे जस्तै हो
पवित्र सोचको विचार सत्य हुन्छ
सत्यतालाई आत्माले स्वीकार्नु
मान्छेको महत्ता हो

हिजो पाखुरा, बल र शून्य विचारको
लडाइँ लडियो तिमीले जित्यौ होला
म हारेँ हुँला पटक पटक
मैले जितेँ
तिमी हा¥यौ जीवनपर्यन्त
मान्दिनँ तिम्रो जितले
तिमीलाई जिताएन
तिम्रो आडम्बरलाई जितायो
मेरो हारले विचार जन्मायो
नाफा र नोक्सानको
हिसाब तिमी नै गर
हारजितको खेल पासा हो

प्रिय ∕ आऊ मिलौँ
छिनोफानोको कुरा गरौँ
समय सकिएको छैन
विचारको लडाइँ लडौँ
तिम्रो विचारले जिते
तिम्रै दरबारको मन धनी होला
मेरो विचारले जिते त्यो
झुपडीको गरिब धनी होला
लड्न त विचारकै लडाइँ लड्औँ
विचारको अस्त्रले बलीको रगत माग्दैन ।

Share.

Leave A Reply