जंगली जनावरले ग¥यो बालीनाली नष्ट, आक्रोश र चिन्तामा कृषक

0


पवित्रा पराजुली
गैँडाकोट । गैँडाकोट वडा नम्बर ६ मा जंगली जनावरले मकैबालीमा ठूलो क्षति पु¥याएको छ । नारायणी नदीतर्फबाट आउने गैँडा र मृगहरूले मकै बाली सखाप पारेको हो । दिनहुँ आउने जनावरले बाली खाइदिएको भन्दै स्थानीय आक्रोशित बनेका छ्न । गैँडाकोट ६ मा करिब १० कट्ठा क्षेत्रफलमा सुशान्त पौडेलले लगाएको मकै रातको समयमा आएर नष्ट गरिदिएको हो । रातको समयमा समूहमा नै आएका मृगले मकै खाएर नष्ट गरिदिएपछि पौडेल चिन्तित हुनुहुन्छ । विगत १ वर्षदेखि बाख्रापालन गर्दै आउनुभएका गैँडाकोट ५ का पौडेलले ठेक्कामा जग्गा लिएर बाख्रा पालन गर्दै आउनुभएको थियो । बाख्राका लागि भनेर लगाएको मकै मृग र गैँडाले नष्ट गरिदिन थालेपछि उहाँले दुखेसो गर्नुभएको छ ।
मंसिरपुष महिनामा बढी जंगली जनावरको डर हुने गरेको गैँडाकोट ७ की तुलसी सापकोटा बताउनुहुन्छ । कुन दिन खेतीबाली खाइदिने हो भन्ने चिन्ताले सताइरहने उहाँ बताउनुहुन्छ । चितवन राष्ट्रिय निकुञ्जबाट आएका गैँडाले लगाएको मकै, उखु, केरा, तरकारीलगायतका बालीमा क्षति पु¥याउने समस्या यहाँको पुरानो समस्या हो । यसवर्ष सापकोटाले धान थन्काएर मकैसँगै तरकारी खेती गर्नुभएको छ । बाली राम्रो भएपनि खान पाइन्छ भन्ने विश्वास भने उहाँलाई छैन ।
गैँडाको आतंकबाट सबैभन्दा बढी गैँडाकोटको वडा नं. ६, ७, ८ र ९ का बासिन्दा प्रभावित छन् । रातको समयमा नारायणी नदीतर्फबाट आउने गैँडा समूहमा एकैसाथ गाउँमा पस्ने र बालीनाली नष्टगरिदिने समस्याका कारण स्थानीय आजित छन् । गैँडाकोट ७ की खिरमती पौडेलले भएको थोरै जग्गामा लगाएको तरकारीमा पनि गैँडाका कारण खान नपाउने अवस्था सिर्जना भएको बताउनुहुन्छ । गैँडाको कारण स्थानीय साँझ परेपछि घरबाहिर निस्कनसमेत डराउँछन् ।


स्थानीय तेजेन्द्र चालिसेले धान थन्काएर अहिले खेतमा राजमा, मकै, तोरी र तरकारी लगाउनुभएको छ । लगाएको खेतीमा रातको समयमा गैँडा हिँडेर नष्ट गरिदिने उहाँको गुनासो छ । गैँडाले खाएर रहेपछिको बाली बल्ल भित्र्याउने गरेको उहाँ बताउनुहुन्छ ।
मकै सानो हुँदा विभिन्न रोग लाग्ने ठूलो भएपछि गैँडाले खाएर सताउने भएकै कारणगैँडाकोटमा मकै खेती गर्ने किसानले छोड्दै गएका छन् ।गैँडाका कारण आजित स्थानीयले नगरपालिका घेराउ गरेपछि भने गैँडा नियन्त्रणका लागिकेही बजेट विनियोजन भएको छ तर त्यसले पूर्णता नपाउँदा समस्या ज्यूँका त्युँ छ । छेकबारका प्रयास भए पनि व्यवस्थित हुन नसक्दा गैँडाले सताउने गरेको वन्यजन्तु द्वन्द्व व्यवस्थापन तथा बाटो निर्माण समितिका अध्यक्ष शशिधर कंडेलको भनाइ छ ।गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले गैँडालगायत जंगली जनावर रोकथामको प्रयास भइरहेको र संघीय बजेट ल्याएर भएपनि दीर्घकालीन रुपमा समस्या समाधान हुने काम गर्न पहल भइरहेको बताउनुभएको छ ।

Share.

Leave A Reply