देशभर नेपाली काँग्रेसद्धारा शक्ति प्रदर्शन, नवलपुर र चिवतनमा पनि भव्य (फोटो फिचर)

0

Image may contain: 6 people, outdoor

गैँडाकोट, २९ । नेपाली काग्रेसले आज देशभर शक्ति प्रदर्शन गरेको छ । सरकार सर्वसत्तावाद तर्फ उन्मुख भएको, भ्रष्टचार नियन्त्रण गर्न नसकेको, नागरिकको आवाज नसुनेको लगायतका आरोप सहित आज देशभर काँग्रेसले प्रदर्शन गरेको हो । नवलपुरमा पनि सरकारको बिरोधमा प्रर्दशन भएको छ । काग्रेस नवलपुरको आयोजनामा आज फलफुल चोकबाट निस्केको बिशाल रयालीले कावासोती बजार परिक्रमा गरि फलफुल चोकमा आएर बिरोध सभामा परिणत भएको थियो । कार्यक्रममा नेपाली काग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले बर्तमान सरकारको बिरुद्धमा नेपाली काग्रेस सडकमा उत्रेको बताउँदै यो सरकारको सर्बसत्ताबादको अन्त्य आजको आबशयकता भएकोमा जोड दिनुभयो ।

नेपाली काग्रेसका जिल्ला सभापति एब्ं प्रदेश सांसद बिष्णु लामिछानेको अध्यक्ष्तामा भएको सो कार्यक्रममा नेपाली काग्रेसका पूर्ब केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली ,पूर्ब सांसद महेन्द्रध्वज जीसी लगायतले कम्युनिष्ट सरकारको सर्बसत्ताबादको अन्त्य नेपाली जनताको चाहाना भएको बताउनुभएको थियो ।काग्रेसको सो बिरोध सभामा जिल्लाबाट १५ हजार बढि कार्यकर्ता लाई सडकमा उतारिएको थियो ।

सरकार भ्रष्टचारमा डुब्यो ः डा महत


नेपाली काँग्रेस चितवनले पनि आज भरतपुरमा आफ्नो शक्ति प्रदर्शन गरेको छ । विरोधसभामा सम्वोधन गर्दै पूर्व अर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा रामशरण महतले सरकार भ्रष्टचारको दलदलमा फसेको आरोप लगाउनुभयो । सरकार निकम्मा हुँदा काँग्रेस सडकमा आएर प्रदर्शन गर्न वाध्य भएको उहाँको भनाई छ । साथै महतले एमसीसी सम्झौतामा देशलाई हानी हुने कुनै पनि वुँदा नरहेको र काँग्रेसको पालामा भएको सम्झौता कार्यान्वयनमा चासो नदिएको बताउनुभयो । अमेरिकाको सहयोग लिँदा चीनबाट टाढा हुने होकी भन्ने डर नेकपालाई रहेको र सोही कारण अनुदानमा आउने ६० अर्व नेपाली रुपैया गुमाउने होकी भन्ने डर रहेको उहाँको भनाई थियो ।

पूर्वमन्त्री महतले अहिले सरकारसँग नागरिक समेत असन्तुष्ट रहेको भन्दै यही समय काँग्रेस एकजुट भई जनतालाई काँग्रेसमय बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सम्वोधन गर्दै जिल्ला सभापति जित नारायण श्रेष्ठले काँग्रेसलाइ नजिस्काउन सरकारलाई चेतावनी दिनुभयो । उहाँले आगामी निर्वाचनमा चितवनका सवै ठाउँमा निर्वाचन जित्ने दावी समेत गर्नुभयो । साथै केपी ओली सरकार राजवादीसँग साँठगाँठ छ की भन्ने आशंक रहेको समेत आरोप लगाउनुभयो ।
भरतपुरको चौबिसकोठी, क्याम्पसगेट, लायन्सचोक, सहिदचोकमा नाराबाजीसहित निस्किएको जुलुस पुल्चोकमा पुगेर सभामा परिणत भएको थियो । कार्यक्रम चितवन जिल्लाका काँग्रेस सभापति जितनारायण श्रेष्ठको सभापतित्वमा भएको थियो भने सचिव उत्तम जोशीले सहजीकरण गर्नुभएको थियो ।

 

Share.

Leave A Reply