नन्दन कालिका टोल विकास संस्थामा नयाँ नेतृत्व

0


प्रेम क्षेत्री
मंसिर २९, गैंडाकोट । नवलपरासी (वर्दघाट सुस्तापूर्व) गैंडाकोट नगरपालिका वडा नम्बर ८ स्थित नन्दन कालिका टोल विकास संस्थाको पाँचौं साधारण सभा तथा चौंथो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । नव गठित कार्य समितिको अध्यक्षमा तारानाथ सापकोटा चयन हुनुभएको छ ।

समितिको उपाध्यक्षमा चन्द्रप्रसाद चापागाई, सचिवमा माधवप्रसाद आचार्य, कोषाध्यक्षमा सावित्री सापकोटा, सह–सचिवमा अम्बिका सापाकोटा चयन हुनुभएको हो । त्यस्तै सदस्यहरुमा गंगा आचार्य, निराकुमारी घिमिरे पौडेल, सुनीता कुमारी श्रेष्ठ, विष्णु गिरी, पदम सिंह थापा मगर र देवी गिरी सर्वसम्मत निर्वाचित हुनुभएको निर्वाचन समिति संयोजक केशवप्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँले निर्वाचित अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारी तथा सदस्यज्यूहरुलाई हार्दिक बधाइ ज्ञापन गर्दै टोलको विकासमा लाग्न आग्रह गर्नुभयो । निर्वाचन समिति सदस्यमा रामप्रसाद सापकोटा र धनराज पुरी रहनुभएको थियो ।

यसअघि भएको साधारण सभा कार्यक्रममा प्रमुख अतिथि गैंडाकोट ८ का वडा अध्यक्ष डिलाराम रिजालले टोलको विकासका लागि वडाको तर्फबाट पहल भईरहेको बताउनुभयो । टोलमा पार्क, सडक निर्माण कार्य अघि वढेको बताउँदै उहाँले आवश्यक सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा गैंडाकोट ८ का टोल विकास संस्था सञ्जालका अध्यक्ष खगेश्वर गौडेल, नन्दन कालिका टोल विकास संस्थाका सल्लाहकार रामप्रसाद सापकोटा लगायतको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply