जनावरका लागि पनि अस्पताल बन्यो, चितवनको सौराहामा बनेको अस्पतालको उद्घाटन

0

गैँडाकोट, मंसिर २८ । जनावरहरुका लागि पनि अस्पताल बनेको छ । विशेषगरी घरपालुवा जनावरहरुका लागि विभिन्न उपचार गराउदै आइएपनि वन्यजन्तुका लागि विशेष अस्पताल थिएन । तर नेपालमै पहिलो वन्यजन्तु अस्पताल चितवनको सौराहामा शुक्रवार वन तथा बातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले अस्पतालको उद्घाटन गर्नुभएको हो ।

वन्यजन्तु अस्पताल सञ्चालनमा आएसँगै रोगी,अशक्त, घाईते वन्यजन्तुहरुलेसमयमै उपचार पाउने र मृत्यु भएका जनावरहरु मर्नुको कारणवारे पत्ता लगाउन सहज हुने डा ओलीले बताउनुभयो । चितवनका मात्रै नभई देशभरका जनावरहरुको उपचार गरिने भएको छ ।
अधिकाँश जनावहरुको मृत्यु भएपछि प्राकृतिक कारण भनिदिने र त्यसको मुख्य रोग पत्ता नलाग्दा अन्य जनावरहरु पनि मर्दै जानेक्रम बढेपछि अस्पतालले रोग पत्ता लगाई निराकरणमा सहयोग पुग्ने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो ।

शिलान्यासको झण्डै ६ बर्षपछि अस्पताल संचालनमा आएको हो ।
२०७१ साल फाल्गुण २० गते तत्कालिन वन तथा भू संरक्षणमन्त्री महेश आचार्यले शिलान्यास गर्नुभएको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अनुरोधमा राष्ट्रिय प्रकृति संरक्षण कोषले निर्माण कार्य अघि बढाएको हो । कुल ३ करोड ९० लाख ८४ हजारको लागतमा बनेको अस्पताल दुई तल्लाको पक्की भवनमा छ । वन्यजन्तुका लागि आवश्यक पर्ने सवै खालका सुविधा सम्प्न्न अस्पतालभित्र ओपिडी, ल्याब, अपरेसन कक्ष, कार्यालय, डिस्पेनसरी, कर्मचारी आवास, बैठक कक्ष गरी ८ वटा कोठाहरु रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमसुख डा बाबुराम लामिछानेले जानकारी दिनुभयो ।
अस्पतालमा पोर्टेबल एक्सरे र अल्ट्रासाउण्ड मेसिन, रगतको परीक्षण गर्ने स्वचालित मेसिन, रगतको जीव रसायन परीक्षण जाँच गर्ने मेसिन, माइक्रोस्कोप सहितको ल्याब उपकरण, अपरेसन टेवल, गयसबाट लठ्याउने मेसिन आदि छन् । अस्पताल संचालनका लागि वन्यजन्तु अस्पताल व्इवस्थापन कार्यविधि २०७७ तयार गरिएको र विभागबाट पारित भएर आउनासाथ सोही अनुसार संचालन गरिनेछ । अहिले वन्यजन्तुका लागि एउटा एम्बुलेन्स छ भने डाक्टर चिकित्सक सहित वन्यजन्तुलाई उपचार पछि खोरमा राखिने र निको भएपछि जंगलमा प्राकृतिक रुपमा छोड्ने गरी अस्पतालको संरचना बनाइएको छ ।

अस्पतालका आवश्यक अत्यावश्यक उपकरण आएसगैँ सञ्चालनमा आएको अस्पतालको एक भव्य समारोहका विच नेपाल सरकारका वन तथा वातावरण मन्त्रालयका सचिव डा।विश्वनाथ ओली उद्धघाटन गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै डा। ओलीले अस्पताल निर्माणले नेपालकै गौरव बढाएको भन्दै वन्यजन्तुको रोग पत्ता लगाउन सजिलो हुने बताउनुभयो । यस्तै उहाँले यो अस्पताल सौराहामा आउने पर्यटकहरुका लागि नयाँ व्राण्ड भएको भन्दै यसको सबै संरक्षण संम्बद्ध गर्नुपर्ने बताउनुभयो ।


यस्तै कार्यक्रममा बोल्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक वेदकुमार ढकालले वन्यजन्तु रोगको अनुसन्धान गर्ने सिकाई र अनुसन्धान केन्द्र रुपमा समेत अस्पताल अगाडी बढाईने बताउनुभयो ।
दुई तल पक्की अस्पतालको ३ करोड ९० लाख ८४ हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा।बाबुराम लामिछानेले जानकारी दिनुभयो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष र अमेरिकाको डेनभर चिडियाखाना विश्व वन्यजन्तु कोषको सहयोगमा अस्पतालको भवन निर्माण भएको डा बाबुराम लामिछानेले बताउनुभयो ।
घाइते तथा बिरामी वन्यजन्तु उपचारका लागि यहाँ नेपालमै पहिलो वन्यजन्तु अस्पताल निर्माण गरिएको थियो ।
यस्तै चितवन राष्टिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थपन समितिका अध्यक्ष प्रकाश ढुगांनाले अस्पताल सञ्चालनले संरक्षणमा नयाँ आयाम थपेको प्रकाश पाुर्नभयो ।
विसं २०७१ फागुन २० गते दुई वर्षभित्र सम्पन्न गर्ने गरी तत्कालीन वनमन्त्री महेश आचार्यबाट शिलान्यास भएको यस अस्पताल करिब ६ वर्षमा निर्माण सम्पन्न भई सुरु भएको हो ।
अस्पतालमा चार चिकित्सक र सात प्राविधिक बस्ने कोठा, ओडिी, एक्स–रे कक्ष, प्रयोगशाला,अप्रेशन कक्ष, डिस्पेनसरी, पोटएवल एक्स रे र अल्ट्रा साउण्ड मेसिन, रगतको परिक्षण गर्ने स्वचालित मेसिन, रगतको जीव, रसायन परीक्षण जाँच गर्ने मेसिन, माईक्रोस्कोपसहितको ल्याब उपकारण, ग्याँसबाट लठाउने जस्ता सुविधासहितको अप्रेशन कक्ष रहेको छ । अस्पतालले हात्ती, बाघ, गैँडाजस्ता ठूला वन्यजन्तुको एक्स–रे देखि सम्पूर्ण शरीर परीक्षण गर्ने गरी अस्पताल सञ्चालनसँगै त्यसका लागि मुभिङ एक्स–रे मेसिन तथा क्वारेन्टाइनसम्म उपलब्ध गराउने चितवन राष्टिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो ।
बिरामी अथवा घाइते वन्यजन्तुलाई निको नहुञ्जेल अस्पतालमै राखिने र पूर्ण उपचारपछि प्राकृतिक बासस्थानमै लगेर छाडिनेसम्मको व्यवस्था पनि अस्पतालबाट हुने चितवन राष्ट्रिय निकुञ्जले जनाएको थियो ।
कार्यक्रममा मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति चितवनका अध्यक्ष प्रकाश ढुँगाना, रत्ननगर नगरपालिकाका नगरप्रमुख नारायण वन, उद्योग पर्यटन वन तथा बातावरण मन्त्रालय वागमती प्रदेशका सचिव डा सिन्धु प्रसाद ढुँगाना, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालय नेपाली सेनाका सहायक रथि तथा निर्देशक शरद ढकाल, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक वेदकुमार ढकाल र राष्ट्रिय प्रकृृति संरक्षण कोष का निमित्त सदस्य सचिव सिद्धार्थ बज्रचार्य लगायतको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply