कावासोतीबाट ९ जुवाडे पक्राउ

0

गैँडाकोट, मंसिर २८ । जिल्ला प्रहरी कार्यालय नवलपुरले ९ जना जुवाडेलाई पक्राउ गरेको छ ।

हिजो दिउसो कावासोती ३ स्थित सदरमुकाम मार्ग नजिक रहेको गम बहादुर सिंजालीको घरमा जुवा (तास) खेली रहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

तास खेलीरहेको खालवाट रु १,६८,९१०।– (एकलाख अठ्सठ्ठीहजार नौ सय दश) रुपैया र तास समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का सूचना अधिकारी प्रहरी निरीक्षक मधुसुदन सिंहले जानकारी दिनुभयो । उनीहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको उहाँको भनाई छ ।

पक्राउ पर्नेहरुमा बौदीकाली १ का डोलनाथ कंडेल, कावासोती २ का राम्जी के.सी., चुडामणी कंडेल, कावासोती ३ का बलबहादुर गुरुङ, किरण केसी, गमबहादुर सिँजाली, कावासोती ४ का रुमबहादुर सिँजाली, कावासोती ८ का श्रीधर शर्मा र कावासोती १६ का दुर्गा गिरी रहेका छन् ।

Share.

Leave A Reply