१ हजार लिटर बढि अखाद्यय चुक अमिलो नष्ट

0

गैँडाकोट, मंसिर २८ । कावासोतीबाट बरामद गरिएको अखाद्य चुक अमिलो हिजो नष्ट गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय मार्फत प्रहरी एक हजार २६० लिटर चुक अमिलो नष्ट गरिएको हो ।
शंका लागेर चुक अमिलोको गुणस्तर मापनका लागि खाद्य प्रवित्रि तथा गुण नियन्त्रण कार्यालय भैरहवा पठाईएको थियो । परिक्षणका क्रममा प्राकृति अमिलोबाट चुक बनाएको नपाईपछी नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी पूर्वका प्रमुख विक्रम सुवेदीले जानकारी दिनुभयो ।
कावासोती –१३ ,निवासी टेक बहादुर विकले प्रदेश २–०३–००१–च ०५००को गाडीमा दाङको तुलसीपुरकालागि गोरखा कालिका चुक उधोग गैडाकोट–५, बाट उत्पादित चुक लैजाने क्रममा बरामद गरिएको थियो । ठूलो मात्रामा चुक बरामद भएपछी गुणस्तरमा शंकालागि परिक्षणकालागि भैरहवा पठाईएको थियो ।
गोरखा कालिका चुक उद्योगलाई आवश्यक कारवाहीकालागि प्रदेश कार्यालयमा पत्रचार गरि सकिएको जनाईएको छ । नष्ट गरिएको चुक अमिलो बजार मुल्य अनुसार रु. ५ लाख भन्दा बढीको रहेको छ ।

Share.

Leave A Reply