कालिका माविको वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

0


गोमा शर्मा,
मंसिर २७, गैंडाकोट । कालिका माध्यामिक विद्यालय गैंडाकोटले शनिबार ४५औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका उप प्रमुख विष्णुकुमारी कंडेलले कालिका मावि यो क्षेत्रकै नमूना विद्यालयको रुपमा स्थापित रहेको जनाउँदै गुणस्तरिय शिक्षामा जोड दिन आग्रह गर्नुभयो । यस क्षेत्रका सयौं बालबालिकालाई उज्ज्यालोतर्फ डो¥याउन सफल रहेको भन्दै विद्यालयको प्रगतिको कामना गर्दै उहाँले नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने बताउनुभयो ।


विशिष्ट अतिथि गैंडाकोट नगरपालिका शिक्षा शाखाका प्रमुख, उप सचिव बालकृष्ण चापागाईले कोभिड १९ का बीच विद्यालयले भौतीक उपस्थितीमा नै कक्षा सञ्चालन गरेकोमा विद्यार्थीको सुरक्षामा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले विद्यालयले सुधार गर्नुपर्ने विषय र नमूना विद्यालय गराउन शिक्षकको भुमिका तथा योगदान बारे अवगत गराउनुभएको थियो ।
विद्यालयको शैक्षिक एवं आर्थिक प्रगति विवरण प्रस्तुत गर्दै विद्यालयका प्रधानाध्यापक प्रजानाथ कंडेलले कोभिडका कारण पठन पाठन प्रभावित भएपनि बालबालिकालाई विभिन्न माध्यमबाट अध्ययनको वातावरण बनाएको बताउनुभयो । विद्यालयमा हाल १३९६ विद्यार्थी अध्ययनरत रहेको उहाँले जानकारी दिनुभयो । उहाँले ७ करोड १२ लाख ३३ हजार १६ रुपैयाँको आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं गैंडाकोट ८ का वडा अध्यक्ष डिलाराम रिजालले शैक्षिक गुणस्तरमा ध्यान दिईएको जनाउँदै उहाँले सबैको सहयोगको अपेक्षा गर्नुभयो । विद्यालयमा १० वटा अक्षयकोष रहेको छ । सो अवसरमा संस्थापक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालिकराम सापकोटा, पूर्व प्रधानाध्यापक टंकप्रसाद शर्मा चापागाई, गैंडाकोट ८ का भूमीश्वर सापकोटा लगायत विद्यालयमा योगदान पु¥याउनुहुनेलाई सम्मान गरिएको थियो । साथै ९ जना विद्यार्थीलाई छात्रवृति प्रदान गरिएको थियो ।
कार्यक्रममा नगर शिक्षा अधिकृत मोती प्रसाद रिजाल, विद्यालयका पूर्व अध्यक्षहरु केशवप्रसाद सापकोटा, भिमप्रसाद शर्मा, करुणासागर सुवेदी, शिक्षक अभिभावक संघका अध्यक्ष लक्ष्मीप्रसाद चौधरी लगायत, अक्षयकोषदाता, शिक्षक, अभिभावक, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण अतिरिक्त क्रियाकलाप प्रमुख शिक्षक राजु पुरीले गर्नुभएको थियो ।

Share.

Leave A Reply