मुना सहकारीले दियो गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई न्यानो कपडा

0

गोमा शर्मा,गैँडाकोट, मंसिर २५। मुना बचत तथा सहकारी संस्थाले आफ्नो पाँचौँ बार्षिक उत्सवको अवसरमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

कार्यक्रममा जेहेन्दार १२ जना विद्यार्थीहरुलाइ सुइटर र टोपी वितरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि गौँडाकोट ४ का वडा अध्यक्ष कृष्णप्रसाद न्यौपानेले मुना बचत असहायहरुको साहारा बनेर आएको बताउनुभयो ।

साथै यो कामलाई सधैँ निरन्तरता दिनुपनि उहाँको सुझाव थियो । कार्यक्रममा मुना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रविन्द्रराज घिमिरेले अहिले मात्र नभएर विगतका बर्षहरुमा पनि अपा∙हरुलाई सहयोग गर्दै आएको बताउनुभयो । आगामी दिनहरुमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने उहाँको भनाई छ ।

कार्यक्रममा जनक माध्यामिक विद्यालयका प्रधानाध्यापक चुडामणी शर्मा,संस्थाका सल्लाहाकार डिल्लीराज घिमिरे, टोलनाथ घिमिरे, इश्वरीनाथ रिमाल, शोभाखर रिमाल, कमला तिवारी, दिनेशराज न्यौपाने, बामदेव घिमिरे, कृष्णप्रसाद पराजुली लगायतको आतिथ्य रहेको थियो ।

संस्थाले आफ्नो पाँचौ बार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरिसकेको छ र अन्य कार्यक्रमहरु आयोजना गर्ने क्रममा रहेको संस्थाका सचिव मिलनराज घिमिरेले जानकारी दिनुभयो ।

Share.

Leave A Reply