करिब ८४ लाखको लागतमा दिप ज्योती आधारभूत बिद्यालयको नयाँ भवन बन्ने, आज शिलायान्स

0

पबित्रा पराजुली, गैँडाकोट, मंसिर २५ । दिपज्योती आधारभूत बिद्यालय अमरापुरीको नयाँ भवनको आज शिलान्यान्स गरिएको छ । गैँडाकोट १४ मा रहेको बिद्यालयले ६ कोठाको भवन शिलायान्स गरेको हो ।

संघीय सरकारको सहयोगमा करीब ८४ लाखको लागतमा भवन निमार्ण गरिने दिप ज्योती आधारभूत बिद्यालयका प्रधानाध्यापक राजकुमार श्रेष्ठले बताउनुभयो । यो विद्यालय गैँडाकोट नगरपालिका भित्रको सरकारी बिद्यालय मध्ये शिक्षा उपलब्धिमा पहिलो रहेको श्रेष्ठको दावी छ ।

भवनको शिलन्यास गर्दै गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले बालमैत्री भवन बनाउन आग्रह गनुभयो । त्यस्तै गैँडाकोट नगरपालिकाकी उपप्रमुख बिष्णुकुमारी कंडेलले आजका बालबालिका भोलिका कर्णधार भएकाले कुनैपनि बालबालिका शिक्षाबाट बञ्चित हुन नहुने बताउँदै बालमैत्री बिद्यालय आजको आवश्यकता रहेकोमा जोड दिनुभयो ।

 

कार्यक्रममा बोल्दै गैँडाकोट १४ की वडा अध्यक्ष कोकीसरा राना मगरले बिद्यालयको स्तर उन्नती शैक्षिक सुधारमा सधै लागी परेको बताउनुभयो । कार्यक्रममा स्वागत मन्तव्य बिद्यालयकी शिक्षिका लक्ष्मी ढकालले गर्नुभएको थियो ।

Share.

Leave A Reply