गैंडाकोट ९ मा कानुनी परामर्श तथा आय आर्जन तालिम प्रदान

0

गैँडाकोट, मंसिर २५ । सुर्यदीप नारी बचत तथा ऋण सहकारीको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारी गैंडाकोट ९ मा कानुनी परामर्श तथा आय आर्जन तालिम प्रदान गरिएको छ ।

वडाका महिला दिदिबहिनीहरुलाई कानुनी परामर्श प्रदान गर्नुका साथै तीन दिन झोल सरफ बनाउने तालिम प्रदान गरिएको गैंडाकोट ९ का वडासदस्य भवानी बर्तौलाले जानकारी दिनुभयो ।

गत वर्ष नगरपालिकाले छुट्याएको बजेटबाट यसवर्ष कार्यक्रम गरिएको उहाँको भनाई छ । कार्यक्रमका प्रमुख अतिथि एवम गैंडाकोट ९ का वडा अध्यक्ष प्रेम प्रसाद सापकोटाले महिलाहरु कानुनी विषयमा जानकार भए हिंसा समेत कम हुने बताउनुभयो ।

महिला संजालकी अध्यक्ष पार्वती सापकोटाको अध्यक्षमा सम्पन्न कार्यक्रममा गैंडाकोट नगर कार्यपालिका सदस्य निरा दर्जी, सुर्यदिप नारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिपा सापकोटा, महिला संजालका एवम टोलसुधारका पदाधिकारीहरुको समेत
उपस्थिती रहेको कार्यक्रमको संचालन सचिव सीता गिरीले गर्नुभएको थियो ।

Share.

Leave A Reply