गैँडाकोट ११ का धिताल परिवारद्धारा अस्पताल बेड सहित स्वास्थ्य सामाग्री सहयोग

0

गैँडाकोट, मंसिर २५ । बार्षिक पुण्य तिथिका अवसरमा गैँडाकोट ११ का स्वर्गीय उपेन्द्र धितालका परिवारले सामाजिक कार्य गर्नुभएको छ । स्वर्गिय धितालको बार्षिक पुन्य तिथिको अवसरमा गैंडाकोट नगरपालिका वडा नम्वर ११ मा रहेको नगर अस्पतालको इमर्जेन्सी कक्षका लागि बेड सहित स्वास्थ्य सामाग्री सहयोग गरेर सामाजिक कार्य गर्नुभएको हो । स्वर्गीय धितालकी जीवन संगिनी विष्णु कुमारी धितालको हातबाट छोराहरु राममणी धिताल, भरतमणी धिताल , शंकरमणि धिताल,दिपकमणि धिताल र अर्बिन्द धितालको उपस्थितीमा ४ वडा बेड सहित स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको हो ।


त्यस्तै रामचन्द्र धिताल र पार्बती धितालले पनि हस्पिटलको इमर्जेन्सी कक्षलाइ इ.सि.जि. बेड, स्ट्रेचर, बेडसाइड लकर सहित ४ थान हस्तान्तरण गर्नुभएको छ । छोराहरु अन्जन धिताल, लुकुश धिताल र लुलभ धितालको उपस्थितीमा उक्त सामाग्रीहरु सहयोग गरेको र अस्पताल जतिको पुन्य ठाउँमा सहयोग गर्न पाउँदा आफूहरुलाई खुशी मिलेको धिताल परिवारहरुको भनाई रहेको थियो ।

अस्पतालमा निर्माण भएको इमरेजेन्सी कक्षका लागि अति आवश्यक वेड सहयोग गर्नुभएकोमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम गैँडाकोट ११ का वडाअध्यक्ष गोविन्द सुवेदीले धन्यवाद दिँदै यो सहयोगले विरामीहरुले सहज सेवाका लागि ठूलो भूमिका खेल्ने बताउनुभयो । कोरोनाको बेला भरतपुरमा बेड समेत नपाएको तितो यर्थात रहेको भन्दै अव वाट नगरअस्पतालबाटनै सेवा पाउने दिन आएको बताउनुभयो । सहयोगी मनहरुको साथबाट अस्पतालले अझ छिटो फड्को मार्ने भन्दै सवैको सहयोगले चाँडै अस्पतालकै सेवा प्रदान गरिने जानकारी दिनुभयो । धिताल परिवार मेरुदण्ड नै रहेको भन्दै सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।

त्यस्तै गत मसिर २३ गते खिमान्द न्यौपानेको १३ औ दिनको पुन्य तिथिमा न्यौपाने परिवारबाट पनि सो आकस्मीक कक्षका लागि हुइल चियर,एउटा बेड, बेडसाइड लकर लगाएत अन्य स्वास्थ सामाग्री सहयोग गर्नुभएको थियो ।

 

बेड सहित स्वास्थ्य सामाग्री सहयोग गर्ने दाताहरुलाई आज सम्मान समेत गरिएको थियो । सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले सहयोगी दाताहरुलाई धन्यवाद दिँदै अस्पताललाई प्राप्त सहयोगले नगरवासीले सहज सेवा पाउने बताउनुभयो ।

ठूला बजेटमा मठमन्दिर निर्माण भन्दा आफूले अस्पताल निर्माण र विकासमा जोड दिएको बताउँदै यदि पहिले नै सुविधा सम्पन्न अस्पताल भएको भए कोरोनाको वेला क्वारेनटाइन बनाउन विद्यालय खोज्दै हिँड्नुपर्ने अवस्था नआउने बताउनुभयो । जनप्रतिनिधिहरुको अथक प्रयासपछि अस्पतालले गति लिएको भन्दै मनकारी सहयोग र समुदायको साथले नै नगरअस्पताल बन्न सफल भएको उहाँको भनाई थियो ।

Share.

Leave A Reply