साझा र विवेकशील पार्टीबीच एकीकरण

0

काठमाडौं, मंसिर २४ । २०७५ साल पुस २७ गते फुट भएको दुई पार्टीबीच आज पुन एकता भएको छ ।

साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता भएको हो । साझाका संयोजक रविन्द्र मिश्र र विवेकशीलका मिलन पाण्डेले पार्टी एकताको सहमतिमा आज हस्ताक्षर गर्नुभएको हो ।

एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ भने चुनाव चिन्ह तराजु रहनेमा सहमति जनाएका छन् । एकीकृत पार्टीको अध्यक्षमा मिश्र र संयोजकमा पाण्डे हुनुहुन्छ ।

१३० सदस्यीय केन्द्रीय समितिमा दुबै पक्षबाट ६५/६५ जना रहने छन् भने केन्द्रीय समितिको पहिलो बैठकले दुबै पक्षबाट १३/१३ जना रहने गरी २६ सदस्यीय केन्द्रीय सचिवालय गठन गरिएको छ ।एकता पछि पाण्डेले भन्नुभयो,“हामी दुवै दलका नेतृत्वले हिजोका गल्तीहरूका निम्ति माफी माग्दै, आम नागरिकहरूको जीवनमा परिवर्तन ल्याउने पार्टी बनाउने प्रतिबद्धता गर्‍यौँ।”

एकीकृत पार्टीका संरचनाहरु गठन, पुनर्गठन र समायोजनको काम दुई महिनामा सक्ने र ६ महिनाभित्र एकता महाधिवेशन गर्ने एकता घोषणापत्रमा उल्लेख छ । यसअघि ११ साउन २०७४ मा तत्कालीन दुई पार्टीको एकता भएको थियो ।पार्टी एकतापछि इटहरीमा दीप प्रज्जवल गरी खुशी मनाइएको छ ।

Share.

Leave A Reply